
Lnp
Ggp
Ggp
Dbs
Dus
Asb
Pbu
Jns
Rgp
ksb
Sgp
Rgp
lnp
Rgp
Usb
Lks
Rgp


दाङ । बस्तविक भूमिहिन सुकुम्वासी, भूमिहिन दलितलाई जग्गाको मालिक बनाउने, अव्यवस्थीत बसोवासको समस्या समाधान गर्ने उद्देश्यले काम भैरहेको लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले बताउनु भएको छ ।
लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट जग्गाको नाप नक्सा गर्ने कार्यको सुभारम्भ गर्दै माननीय सांसद शर्माले शक्तिसाली आयोगले काम थालेको र सरकार परिवर्तन भएमा पनि यो आगोगको काम नरुक्ने समेत स्पष्ट पार्नुभयो ।‘विगतमा अधिकार सम्पन्न आयोग थिएन । सरकार परिवर्तन भयो भने आयोगले काम गर्न सक्ने अवस्था थिएन । अहिले अधिकार सम्पन्न आयोग बनाइएको छ’उहाँले भन्नुभयो–‘बर्षाैं सम्म जग्गा जोतभोग गर्दै आएको, बसोवास गर्दै आएको तर, आफु संग जग्गाको प्रमाण नभएकाहरुलाई सरकारले लालपुर्जा दिन्छ ।’
लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले जग्गाको लालपुर्जा वितरण गर्ने अभियानमा रहेको बताउनु भयो । चुनावी प्रतिवद्धता अनुसार जग्गाको लालपुर्जा वितरण गर्ने अभियानमा सरकार लागेको जानकारी दिनुभयो ।‘चुनावमा जे भन्यौं त्यो पुरा गर्दै छौं’उहाँले भन्नुभयो–‘हात हातमा जग्गाको लालपुर्जा पुर्याउछौं ।’
उप्रमुख देवका बेल्वासेले भूमिहिन सुकुम्बासीको समस्या समाधान गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिनुभयो । नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा जग्गाको नाप नक्साको काम सुभारम्भ भएको हो ।
कार्यक्रमको सहजीकरण लगत संकलन इकाईका संयोजक गोपाल विकले गर्नु भएको थियो । साभार मा.रेवती रमण शर्मा सचिवालय
