
Rgp
Ggp
ksb
Sgp
Asb
Lnp
Ggp
Lks
Usb
Rgp
lnp
Jns
Dbs
Rgp
Dus
Rgp
Pbu


दाङ । लागू औषध दुर्व्यसन सम्बन्धि दुई दिने सचेतनामुलक कार्यक्रम मंगलबारदेखि लमही नगरपालिकामा सुरु भएको छ ।
लमही नगरपालिकाकाे आयाेजनामा कार्यक्रम सुरु भएको हाे । नगर प्रमुख कुल बहादुर केसीको अध्यक्षता अध्यक्ष्यतामा सुरु भएको कार्यक्रमकाे प्रमुख अतिथि उपमेयर देबका बेल्बासे हुनुहुन्थ्यो ।प्रमुख अतिथिकाे आसनबाट बाेल्दै बेल्बासेले सभ्य समाज निर्माण गर्न कलिला बालबालिकाकाे अहम भुमिका रहेकाे भन्नुहुदै त्यसका लागि अभिभावक बर्गले विशेष गरेर ध्यानदिनु पर्ने अति आवश्यक रहेकाे भनाइ राख्नु भयाे ।
लमहीमा पनि लागू औषध सेवन गर्ने दिन प्रतिदिन बढ्दै गइरहेकाे भन्दै समयमै नराेक्ने हाे भने त्यसले भयावह रुपलिने ठाेकुवा गर्नु भयाे । त्यस्तै १२ देखि २० बर्ष सम्मका बालबालिकाहरु बढि कुलतमा फस्ने भन्दै सबैले आ-आफ्नाे ठाउँबाट पहल गर्नु पर्ने भनाइ पनि राख्नु भएको थियो ।
लमही नगर भित्रका १० वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयका गरि ५० जना विद्यार्थीहरुकाे सहभागी रहेकाे छ । नगरपालिकाले उक्त कार्यक्रम पहिलाे पल्ट गरेकाे हाे । नगर स्तरिय भुमि विभागका संयाेजक गाेपाल बि.कले कार्यक्रमको सचालन गर्नु भएको थियो । यस्तै उक्त कार्यक्रमकाे प्रशिक्षकमा नार्काेनन नेपाल लुम्बिनी प्रदेश संयाेजक वसन्त पुनले गर्नु भएको छ ।
