Sidha Patra मंगलबार, आषाढ २२, २०७८

दाङ । लागु औषध ब्राउन सुगरसहित दाङमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध ओसारपसार भैरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

असार २० गते आइतबार साढे ७ बजेको समयमा घोराही उपमहानगरपालिका १३ बडरा टोल निवासी २२ वर्षिय कृष्ण बुढाथोकीले रा ४ प १०७४ नम्बरको मोटरसाइकलमा आई लागु औषध ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले घोराही उपमहानगरपालिका २ निवासी २३ वर्षिय नुवाजन चौधरी र कृष्ण बुढाथोकीलाई पक्राउ गरेको हो । उनीको साथबाट ६०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको प्रहरीले बताएको छ ।

असार २१ गते सोमबार बिहान अन्दाजी साढे १० बजेको समयमा राप्ती गाउँपालिका १ भालुवाङ रातोडाँडा निवासी २७ वर्षिय एकेन्द्र पुन मगरलाई पक्राउ गरेको छ । उनको घरको कोठामा लागुऔषध लुकाईछिपाई राखेको अवस्थामा २.३५ मिलीग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । उनीहरु तीनै जनालाई लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]