शिबराज पन्थी/गढवा शनिबार, आषाढ १९, २०७८

दाङ । गरिवी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले सिप सिकाएर प्रबिधि हस्तान्तरण गरेको छ । उद्योग तथा सामाजिक बिकास मञ्च दाङको आयोजना र गाउँपालिकाको आर्थिक लगानीमा शुक्रवार बिभिन्न रोजगार तथा सिपमुलक तालिम सिकाएका कृषक तथा उद्यमी समूहहरुलाई प्राबिधिक सामाग्री हस्तान्तरण गरिएको हो ।यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गरिबी न्यूनिकरण र रोजगार प्रबर्धन गर्न गाउापालिका मार्फत सिप सिकाएर सामाग्री समेत हस्तान्तरण गरिएको बताउनु भयो । कार्यक्रममा वडा सदस्य फागुराम चौधरी,प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र उद्योग तथा सामाजिक बिकास मञ्च दाङका भिम बस्नेत लगायतले सिपको सदुपयोग गरि स्वरोजगार बनाउन गाउँपालिकाले सामाग्री समेत हस्तान्तरण गरेको बताए ।त्यस्तै गढवा गाउँपालिका वडा नं. ७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य कमला नेपालीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि उद्यमीहरुलाई सामाग्री बितरण गरिएको हो । किसानहरुलाई ५ दिने च्याउखेती तालिमको सिप सिकाएर ५ थान त्रिपाल र ३ थान पराल काट्ने चारा मसिन हस्तान्तरण गरिएको हो ।यस्तै कुखुरापालक किसानहरुलाई हिल्टेग टैंकी २ थान, ड्रिङ्कर तथा फिडर ३२ थान, च्याउ खेतीका लागि ३ थान टनेल स्प्रैयर टैंक ८ थान र कार्यक्रमका सहभागी सबैलाई १४ थान हजारी तथा ६ थान सिलाई मसिन समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको सहजीकरण लघुउद्यम बिकास सहजकर्ता मिना चौधरी र बिनु भुजेलले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]