
ksbus
Amb
Sdc


प्युठान । लकडाउनको अवधिमा बढी पैसा कमाउने उदेश्यले बिरामी छाडेर यात्रु ओसार्ने एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्युठान नगरपालिका ८ धर्मावती स्थित बाग्दुलामा चार जना यात्रुु बोकेको अवस्थामा एम्बुृलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।मा भारतिय भु.पु सैनिक संगठनद्वारा संचालित लु१च २१३६ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको अवस्थाको फाइदा उठाउँदै केही एम्बुलेन्सले रिजर्भमा यात्रु ओसार्न थालेपछि बुटवलबाट यात्रुुसहित प्युठान मरन्ठाना,चुजा र बादिकोट लगायतका ठाउँमा यात्रु ओसार्दै गरेको एम्बुलेन्स र चालक समेतलाई नियन्त्रणमा लिएको डिएसपी नरेन्द्र बहादुर कार्किले जानकारी दिनुभयो।अस्पतालबाट बिरामी रिफर गरिएको अबस्थामा एम्बुलेन्सले केही गर्नुपर्दैन कुनै पनि बिरामीलाई अस्पताल लैजानुपरे एम्बुलेन्स चालकले प्रहरीलाई अनिवार्य जानकारी गराउनुपर्ने डिएसपी कार्किको भनाई छ ।
