दाङ । दाङमा लकडाउन असार २२ गतेसम्म लम्बिएको छ । तर,अब पहिलेको भन्दा खुकुलो हुने छ । स्थानीय रूटमा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात चल्न पाउने छन् । मंगलबार घोराहीमा बसेको डिडिसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले सरकारी कार्यालय, बैंक र बित्तीय संस्था बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्ने निर्णय गरेको छ, भने पसलहरु बेलुकी ६ बजेसम्म खुल्ने भएका छन् ।