
Lnp
ksb
Ggp
Rgp
lnp
Ggp
Usb
Dus
Lks
Rgp
Dbs
Sgp
Rgp
Rgp
Jns
Asb


दाङ । देउखुरीकाे फलकापुरमा पर्ने खहरे खोलाले बगाउँदा एक पुरूषको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षात पछि आएको फल्कापुरदेखि माथिको खहरे खोलाले बगाउँदा गम्भीर घाईते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । बुधबार दिउसो पौने ५ बजेतिर कामबाट फर्किने क्रममा खोलाले बगाउँदा मृत्यु भएको हो ।
