
Ksb
Usb
Fmb
Ssb
Ssb
Rks
Nsb
Rsb
Gsb
Ppu
Ksb
jsb
Tgp
Ksb
Csb
Bsn

Tsb
Gsb
Ssb
Usb
Hl1

Nps
Rgu
ptl
रोल्पा । गएराती रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नम्बर ९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको वडा अध्यक्ष निम बहादुर घर्ती मगरले जानकारी दिनु भयो ।
त्यस्तै उहाँका अनुसार गएराती १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो । ६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएका छन् । उक्त घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली भरखरै पुगेको छ ।
