
Gfs
Srbpu
Djs
Pes
Ggp
Rgp
cjs
Pbu
Lnp
Rgp1
pku
Unsku
Sgr
sbs

Bbu
Rgu
nsb
Rgs
Gst
Wsp
Pvg
Ssm
Asm
Hal
Rsb
Sbs
Rgu
Ggd
Bbbpu
Vor
Tsm
Sls
Ksm

sab
Abd
Mks
Bml
Jmb
bbt
Rpp
Jmb
Gsb
Pls
Syp
Rmb
Ptm
प्युठान । गुल्मीमा एघार जना मजदुर अलपत्र परेका छन। पर्बतबाट घर जानका लागि पैदल हिडेका प्युठान र दाङका ११जना मजुदुरहरु गुल्मिमा अलपत्र परेका हुन । बिखर्ची भएपछि घरतर्फ लागेका प्युठानको सरुमारानी गाउँपालिका ५ बिरिङ्कोट र लमही नगरपालिका १ सुनडबरी घर भएका उनीहरु फेवा कन्सट्रक्सन पर्बतबाट सडकमा काम गर्ने मजदुर हुन ।उनीहरु पर्बतमा पर्खाल (वाल) लगाउने काम गर्दै आएका थिए । प्युठानको सरुमारानी गाउँपालिका ५ का ८ जना र लमही नगरपालिका १ सुनडबरिका ३ जना मजदुरहरु लकडाउनमा फसेपछि पर्बतबाट हिडेर गुल्मि आईपुगेका हुन् ।पैसा पाएर घर जाने आशमा रहेका उनीहरुलाई ठेकेदारले पैशा नदिएपछि उनीहरु बेखर्चीजस्तै पैदल हिडेका थिए लकडाउनले सडकको काम बन्द भएपछि सबै जना बेरोजगार भएको उनिहरुले बताए। ठेकेदारले वास्ता नगरेको र बैंक बन्द भएकाले पारिश्रमिक दिन नसक्ने भनेपछी आफुहरु घर हिडेको सरुमारानी ५ का बेगम नेपालीले बताए। लकडाउन खुल्ने संकेत नदेखिनु र ठेकेदारसमेत सम्पर्क बिहिन भएपछि बेखर्ची भएर घर हिडेको अर्का मजुदर लमही नगरपालिका १ सुनडबरीका दिपक सार्किले बताए । उनिहरु पर्बत, बाग्लुङ हुँदै तिन दिन हिडेर गुल्मि आएका हुन् । रात दिन हिड्दा पनि आफुहरु प्युठान आईपुग्न १० दिन लाग्ने उनले बताए ।आफुहरु ८ बजे सम्म हिड्ने र विहान ६ बजे उठेर फेरी पैदल हिड्न सुरु गरेको उनिहरुको भनाई छ ।लकडाउनका कारण बाटोमा कहिकतै होटेल तथा पसलहरु नखुलेको हुदा चाउचाउँ र विस्कुट मात्रै खाने गरेको उनले बताए। भोकै प्यासै पैदल हिडदा हातखुट्टा दुखेर हैरान हुने उनको दुखेसो छ ।३ दिनको अवधिमा उनीहरुले करिब २ सय १५० कि.मि को पैदल दुरी पार गरेका छ्न । ‘ सवारीसाधनको व्यवस्था हुने त कुरै भएन’ उनिहरुले भने, ‘बिच बिचमा प्रहरीले समस्या दिन्छ रे भन्ने सुनेका छौँ, भोकै भएपनी घर पुग्न पाए हुन्थ्यो प्रहरीले नरोके घर पुग्न अझै ५ दिन लाग्छ होला’ ।बाटोमा आफूहरु जस्तै थुप्रै सर्वसाधारण पैदल हिडेर घरतर्फ जादै गरेको उनीहरुले बताए । हामी जस्ता अन्य मजदुरी गरेर खानेलाई बसेकै स्थानमा सरकारले खानाको व्यवस्था गर्न र नसके घर जान व्यवस्था मिलाउनु पर्ने उनीहरुको माग छ ।
