
cjs
Rmb
Gfs
Gis
Ggp
Rgp1
Lnp
Sds
Sgr
Rgp
Djs
Cps
Unsku
Pes
Rgp
Srbpu
pku
Pbu
sbs

Asm
Sls
Bbu
Sbs
Hal
Ggd
Rgs
Ssm
Wsp
Ksm
Rgu
Vor
Gst
Bbbpu
nsb
Rsb
Rgu
Pvg
Tsm

Jmb
Gsb
Abd
Bml
Jmb
sab
Syp
Pls
Rmb
Mks
bbt
Ptm
Rpp
काठमाडौं । अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो ।
त्यस्तै मौसमविद् वरुण पौडेलले भने, “देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रियता बढेको छ, त्यसैले एक साताको अवधिमा आकाशको घाम देख्न मुस्किल हुनेछ।”उनका अनुसार कहीँकतै आक्कलझुक्कल घाम देखिहाले पनि त्यो एकदमै थोरै समयका लागि देखिने छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिनमार्फत नै शनिबारदेखि गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन प्रवेश गरिसेकेको जनाएको छ । एक–दुई दिनभित्र देशव्यापी रूपमा मनसुनले प्रभाव जनाउने भएकाले पनि आकाश खुल्ने सम्भावना छैन।
यस्तै मनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
