
Gsbus
Ksbus
Gss
Gis
Ssbus
Lsbus
Gsl
Gis
Gms
Ksbus
Gsbus
Rsbus
bpmhl
Ssbus
Gsbus
Ksbus
Ssbus
Bsbus
Gis
ebg

Ksm
Rgu
Gst
Rgu
Hal
Sls
Pvg
Wsp
Bbu
nsb
Rsb
Rgs
Vor
Sbs
Ggd
Asm
Bbbpu
Tsm
Ssm

Syp
Pls
Jmb
Rpp
sab
Jmb
Rmb
Abd
Ptm
Mks
Bml
bbt
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा माछापोखरी बनाउने बहानामा नदीजन्य पदार्थको मनपरी उत्खनन् र बिक्री वितरण हुने गरेको छ । राजपुर गाउँपालिका वडा नं. २ अन्तर्गत पर्ने प्रकाशकुमार जिसीको कित्ता नं.१०५ क्षेत्रफल ९५०७.०८ वर्गमिटरको जग्गामा शोभा कृषि फर्म प्रालिको नाममा दुईवटा माछापोखरी खनेर नदीजन्य पदार्थको बिक्री हुने गरेको पाइएको जिल्ला अनुगमन समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले बताए ।
त्यस्तै माछापोखरी खन्नका लागि राजपुर गाउँपालिकाबाट अनुमति प्राप्त भएपछि खनिएको नदीजन्य पदार्थको कम राजश्व तिरेर बिक्री वितरण गरेको अनुगमन समितिले जनाएको छ । ‘राप्ती नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन् भएको गुनासो आएपछि उत्खनन् क्षेत्रको अनुगमन गरेका हौँ’, जिल्ला समन्वय समिति प्रमुख नेपालीले भने– ‘अनुगमनका क्रममा माछापोखरी खन्नका लागि प्रक्रिया पूरा छ तर खनिएको नदीजन्य पदार्थको राजश्व कम तिरेर धेरै उत्खनन् भएको छ ।’ उनले त्यसक्रममा केही राजश्व तिरे पनि त्योभन्दा बढी उत्खनन् गरेको बताए । शोभा कृषि फर्म प्रा.लिले माछोपोखरी निर्माणका क्रममा आउने २० हजार घनफिट नदीजन्य पदार्थ उत्खनन्का लागि राजश्व बुझाएको भए पनि अनुगमनका क्रममा त्योभन्दा धेरै नदीजन्य पदार्थ उत्खनन् भएको पाइएको समन्वय समितिले जनाएको छ ।
यस्तै तर शोभा कृषि फर्म प्रालिका सञ्चालक प्रकाशकुमार जिसीले भने गाउँपालिकासँग अनुमति लिएर र पालिकाको निर्देशनअनुसार नै माछापोखरी खन्ने र त्यसक्रममा आएको नदीजन्य पदार्थ एस.आर. बालुवा वासिङ प्लान्ट उद्योगलाई दिएको बताए । उनले माछापालन व्यवसाय गर्नका लागि पोखरी खन्ने क्रममा पोखरी केही गहिराई भएको हुनसक्ने भन्दै नदीजन्य पदार्थ बिक्री वितरणकै लागि पोखरी नखनेको दाबी गरे ।
माछापोखरी निर्माणका लागि गाउँपालिकाले अनुमति दिने तर निर्माणका क्रममा अनुगमन नहुँदा समस्या आउने गरेको जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले बताइन् । ‘अनुमति दिएपछि कसरी पोखरी खन्ने काम भएको छ, कति खनिएको छ ? भन्ने अनुगमन गरिएको भए यो समस्या आउने थिएन’, जिल्ला समन्वय अधिकारी थापाले भनिन् । उक्त क्षेत्रको अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखसहित प्रहरी, डिभिजन वन लमहीका प्रमुखसहित सञ्चारकर्मीहरुको सहभागिता थियो ।साभार खबर चौबीस नेपाल
