Sidha Patra सोमबार, जेठ १७, २०७८

काठमाडौं । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आन्तरिक मूल्यांकनबाट हुने भएको छ । सरकारले यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाका कारण भौतिक रूपमा परीक्षा सम्भव नभएकाले आन्तरिक मूल्यांकनबाट परीक्षा गर्ने प्रस्ताव क्याबिनेटमा लगेको थियो ।

सोमबार बसेको मन्त्रित्रपरिषद् बैठकले शिक्षा मन्त्रालयको उक्त प्रस्तावलाई पारित गर्दै एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधिअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसअघि एसईईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । मन्त्रालयमा सोमबार दिउँसो बसेको मन्त्रीस्तरीय बैठकले उक्त प्रस्तावलाई क्याबिनेटमा लैजाने निर्णय गरेको थियो ।

यही १३ जेठदेखि एसईई परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि २७ वैशाखमा सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो । देशभर ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् ।

गत वर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैँले आन्तरिक मूल्यांकन गरी पठाएको अंकका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । तर, विद्यालयले मूल्यांकन गर्दा जथाभावी नम्बर दिएको भन्दै आलोचना भएको थियो । साभार शिलापत्र

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]