
Rgp
ksb
Dbs
Jns
Dus
Lnp
Ggp
Sgp
Lks
Pbu
Rgp
lnp
Rgp
Rgp
Usb
Ggp
Asb


काठमाडौ । निषेधाज्ञाले उपत्यका सहित देशका अधिंकाश जिल्ला अस्तव्यस्त भएको छ । हुने खानेलाई निषेधाज्ञाले केही असर नगरेता पनि हुदा खानेलाई यो निषेधाज्ञाले निकै ठूलो असर गरेको छ । ज्यालादारी गरेर एक छाक खाना खानेका लागी यस्ले ठूलो चुनौती थपेको छ ।
यसैबीच जो ज्यालादारी गरेर आफ्नो र आफ्नो परिवारको गुजारा गरिरहनछन हो त्यसता वर्गका मानिसको भगवान बनेर अभियानता जेनिसा बोहोरा आएकी छन ।
यस्तै सामाजिक काममा दुई कदम अघि रहेकी जेनिसाले अहिले दुखी र गरिव जो निमुखा छन , हो त्यसता व्यक्तिको पेट भर्ने अभियान चलाएकी छन । पहिलेको लकडाउनमा पनि जेनिसा एक्लैले सयौलाई खाना खुवाउदै आएको कुरा सबैलाई अवगत नै छ । अहिले झन उनले काठमाडौ उपत्यका लगायत देशका अधिकांश ठाउमा पुगेर राहात पनि बाडेकी छन ।
त्यस्तै सानैदेखि सहयोगी जेनिसा अहिले झन आफ्नो गाँस काटेर भएपनि दुखी गरिवको लागि सहयोग गर्ने गर्दछिन । निरन्तर रुपमा समाजसेवामै खटिएकी उनी अहिले उपत्यकामा निमुखा जनताको लागि राहात प्याकेजहरु बनाएर वितरण गर्दै गरेकी छन ।
यसैगरी केही चर्चित संस्थामा आबद्ध बोहोराले संस्था मार्फत पनि थुप्रै ठाउँमा सहयोगहरु गर्दै आइरहेकी छन । तर अरु अभियान्ताको हिसाबमा जेनिसा बोहोरा एक कदम उचाइमा छिन ।
त्यस्तै अरु अभियान्ताले धेरै सहयोगी मनहरुसंग जोडिएर सहयोग संकलन गरेर त्यस्को पारदर्शिता नहुने गरि वितरण गर्छन भने जेनिसाको हकमा उनले चाहिँ सकेसम्म अरु सहयोगी मन समक्ष नमागी कन आफै सहयोगहरु गर्छिन । अहिले पनि उनले विभिन्न वर्गका मानिसलाई राहत दिदै आएकी छन ।
जस्ले समाजमा राम्रो काम गर्न खोज्यो उस्को नै बढी आलोचना हुने उनको ठम्याइ छ । उनी आलोचना र नकारात्मक प्रतिक्रियाबाट पछि नहटी समाजसेवा गर्नेलाई नै वास्तविक समाजसेवी मान्छिन ।
यस्तै उनले कहिले बाल आश्रममा पुगेर आफू सक्दो सहयोग गर्छिन भने कहिलेकाही बुढाबुढी बस्ने वृद्ध आश्रममा पुगेर सहयोग गर्छिन । भोलि कसैले देखेको छैन अहिले नै समाज सेवा गर्ने हो भन्ने उनको बुझाइ छ । त्यस्तै उनलाई थुप्रै सामाजिक संजालमा सपोर्टहरु मिल्ने गर्छ,जस्ले अझै केही थप उर्जासिल काम गर्ने जोस र जागर आउने उनको भनाइ छ ।
