
Asbus
Rgp
Msbus
Ggp
Sdc
Ggp
Ksbus
Lnp
Ksbus


प्युठान । जिल्लामा कोरोना परीक्षण गरिएकामा १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।कोरोना संक्रमणको जोखिम बढेसंगै प्युठानको ऐरावती गाउँपालिकाको मोती माध्यमिक बिध्यालय बरौला स्थित क्वारेन्टाइनमा १६ जनामा द्रुत परीक्षण (र्यापिड टेष्ट) गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो । गाउपालिका उपाध्यक्ष बुद्ध बस्नेतले सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई यातायात खर्चको ब्याबस्था गरि शनिबार घर पठाइएको जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार उनिहरु सबैलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट उद्धार गरि क्वारेन्टाईनमा राखिएको थियो।त्यस्तै, स्वर्गद्धारी नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेको एघार जना र ऐरावती ५ स्थित महेन्द्र माबी सराङ्गबेशीको क्वारेन्टाईनमा राखिएका ६ जनालाई समेत घर फर्काईएको छ। प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले क्वारेन्टाईनबाट घर फर्काईएकाहरुलाई एक हप्ता घरमै बस्न सुझाब समेत दिइएको जानकारी दिनुभयो। प्युठान प्रहरीका अनुसार यस अघि कोरोना आशंकामा परिक्षणका लागी पठाईएका जिल्लाका एघार जनाको पनि नतिजा नेगेटिभ आएको थियो ।जिल्लामा होम क्वारेन्टाइनमा बस्नेको संख्या ६० जना भन्दा बढी छ। प्रहरीको तथ्याकं अनुसार प्यूठानमा भारत तथा तेश्रो मुलुकबाट गरी ३ हजार १६२ जना जिल्ला भित्रिएका छन् । ३ हजार ८८ जना भारत र ७४ जना तेश्रो मुलुकबाट आएका हुन् । स्वास्थ्य प्राविधिक टोलीले जिल्लाको विभिन्न स्थानीय तहका क्वारेन्टाईनमा पुगेर र्यापिड टेष्ट गर्न सुरु गरेको छ । सरकारले प्यूठानमा १ सय वटा ‘र्यापिड डाईनोष्टिक टेष्ट (आरडिटी)’ पठाएको छ।
