
Jns
Dus
Pbu
Ggp
ksb
lnp
Rgp
Asb
Sgp
Usb
Rgp
Rgp
Dbs
Lks
Lnp
Ggp
Rgp


दाङ । कोरोना बढे सँगै वैशाख १७ गते देखि शुरु भएको लकडाउनको कारण अति विपन्न परिवार दैनिक ज्याला माजुरी गरी खाने गरीब जनताको घरमा खान ठप्प भएपछि,घरमा चुलो नबलेको खवर पाए लगत्तै राप्ती अनलाइन न्युज डटकमको टिम परिवारले राहत जुटाउन सुरु गर्यो ।
त्यस्तै एकै दिनको प्रयास पछि ५० घर परिवारलाई १५ दिन खान पुग्ने राहत टिमले वितरण गरेको छ । सो अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुलाई डटकम परिवारले हिर्दयदेखि धन्यबाद समेत दिएको छ ।
राप्ती अनलाईन न्युज परिवारका बरिस्ठ सम्पादक महेश चन्द्र रिजाल,सम्पादक जमिर शाह,मार्केटिङ्ग विष्णु पाण्डे,प्रधान सम्पादक : भिसुन शाही,जीवन केसि,श्याम झाक्री मगर,सुर्या किरण केसीले ११ बोरा चामल, सावायबिन ३ बोरा गरि २० हजार बराबरको सहयोग गरेको छ ।
यस्तै सो अभियानमा साउदी अरबबाट महबुब दाई: ५,००० हजार,गणपति हाडवेयरका अनील पाैडेलले २,५०० सय,रुद्र बस्नेतले २,००० हजार,विष्णु पाण्डे ४ हजार ५०० सय,नारायण बन्जाडे २,००० हजार प्राप्त भएको थियो भने राप्ती अनलाइन न्युज परिवारले मास्क र रासन उपलब्ध गराएको थियो ।
यसैगरी अनलाइन परिवारकालाई राहत वितरण गर्न र सहयोग गर्नका लागि सञ्चार कर्मीको टीम र आशाका किरण,युथ फर नेशन,mwrr,युथ फर गुड नेपाल र केही व्यापारी साथीको पनि विशेष सहयोगमा राहत वितरण गरेको अनलाइनका प्रधान सम्पादक भिसुन शाहीले जानकारी दिएका हुन् ।
