
jsb
Csb
Nsb
Ksb
Ksb
Ppu
Fmb
Bsn
Ssb
Rsb
Usb
Rks
Tgp
Gsb
Ssb
Ksb

Tsb
Usb
Gsb
Ssb
Hl1

Rgu
ptl
Nps
दाङ । पत्रकार शिबराज खनाल र दर्शन स्वर्गद्वारी एग्रोभेटका संचालक शिबराज न्यौपाने बिचमा भएको विवाद समाधान भएको छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी, निवर्तमान उपाध्यक्ष लिला शाह, रेडियो हाइबेका प्रबन्ध निर्देशक केपी घिमिरे, सहसचिव दशरथ घिमिरे सहित बसेको छलफलले दुई पक्ष बिच सहमति भएको हो ।
यस अघि सुचिकृत नभएको गोरख नाथ ५०९ जातको धान बिक्रि गरेको समाचार लेखेका कारण एग्रोभेट संचालक न्यौपानेले आज बिहान पत्रकार खनाललाई ज्यान मार्ने धम्की दिए पछि बिवाद शुरु भएको थियो ।
शनिबार लमहीमा भएको छलफलमा एग्रोभेट संचालक न्यौपानेले आफूबाट गल्ती भएको स्विकार गरेपछि बिवाद सुल्झिएको महासंघका अध्यक्ष केसीले बताए ।
