
Sgr
Gis
Unsku
Lnp
Ggp
pku
Srbpu
Gfs
Rmb
Rgp
sbs
Djs
Pes
Rgp1
Sds
Pbu
Rgp
cjs
Cps

Asm
Hal
Sls
Rgu
Gst
Sbs
Vor
nsb
Ksm
Ggd
Bbu
Bbbpu
Pvg
Ssm
Rgu
Tsm
Wsp
Rsb
Rgs

Pls
Mks
Bml
Jmb
Rmb
sab
bbt
Gsb
Rpp
Abd
Ptm
Syp
Jmb
राेल्पा । राेल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितहरुलाई बिहिबार २५ लाख,४० हजार,४ सय,४८ बराबरको राहत रकम प्रदान गरिएकाे छ।
नुवागाउँमा अग्निपीडितहरुलाई सामग्री सहितकाे सुरक्षित बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा र लत्ताकपडाहरु भाडाकुडा,कपडाहरु, विद्यार्थीहरुलाई कापी,कलम सहितकाे झाेला र नगद प्रदान गरिएकाे थियाे।
त्यस्तै राेटेरी क्लब अफ महाबाैद्व पाटन, राेटेरी ईन्टरनेशनल ३२९२ नेपाल-भुटान, राेटेरी क्लब अफ दरबारमार्ग काठमाडौँ, राेटेरी क्लब अफ काठमाडौँ मेट्राे, राेटेरी क्लब अफ ब्रान्चबर्ग अमेरिका र राेटरि क्लब अफ महाबाैद्वकाे संयुक्त आयाेजना माईक्रो क्रेडिट प्राेग्राम, राेटेरी क्लब अफ विक्वर्ड ईङ्ल्याण्ड, लुथरन वरल्ड रिलिफ, राप्ती समाज युके,गाेरखा ग्रुप प्रालि र त्यसका ७ वटा शाखाहरु, गाेर्खा पब्लिक हस्पिटल प्रालि कन्क्वेरिङ ड्रिम्स, मगर समाज सेवा केन्द्र नेपाल र प्रेनिश पुवा अल्लाे धागाे तथा तयारी पाेशाक उद्योग घाेराहीले नगद तथा जिन्सि सामानहरु राहत स्वरुप प्रदान गरेकाे अग्निपीडित सहयाेग समिति राेल्पा-काठमाडौँ सह-संयाेजक ईश्वरी जिएमले जानकारी दिनु भयो ।
यस्तै सह-संयाेजक जिएमका अनुसार ३६ घरधुरी पीडितलाई राप्ती समाज युकेले पठाएको प्रतिघर १५ हजार नगद र जिन्सि गरि प्रतिघर ७० हजार ५ सय ६८ रुपैयाँ बराबरको राहत दिईएकाे छ । दाङकाे गाेर्खा पब्लिक हस्पिटलले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेर पिडितलाई स्वास्थ्य सेवा पनि दिईएकाे छ।
त्यस्तै गाेर्खा ग्रुप र रिडि ग्रुपका अध्यक्ष तथा अग्निपीडित सहयाेग समिति राेल्पा काठमाडौका संयाेजक मानबहादुर बुढा मगर, सहयाेग समितिका सह-संयाेजक तथा राप्ती समाज युकेका सह-काेषाध्यक्ष, समाजसेवी हरि बुढा मगरकाे विशेष पहलकदमिमा विभिन्न संघ-संस्थाले सहयाेग गरेका थिए । आगलागीपछि अर्काकाे घरमा आश्रय लिएर बसेका अग्निपीडितहरु बस्ने टेन्ट सहित आबश्यक सबै सामग्रीहरु पाएपछि निकै खुशि भएका छन्। यसैगरी अग्निपीडित पार्बती सेन ठकुरीले आफूले समाजसेवी पार्बती बुढा मगरबाट बाख्रा किन्नकाे लागि थप १० हजार सहयाेग पनि पाएकाे भन्दै खुशी ब्यक्त गर्नु भयो ।
त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओली, उपाध्यक्ष साबित्रा बुढा र वडा नम्बर २ का वडा अध्यक्ष कबिराज बुढा मगरले आगलागी भएपछि ठुलाे परिमाणमा अत्यावश्यक सबै राहत सामग्रीहरु दिईएकाे भन्दै सहयाेगी संस्थाहरूलाई धन्यवाद दिनु भएको छ। समाजसेवी मानबहादुर बुढा मगर र हरि बुढा मगरले अग्निपीडित हरुलाई थप सहयाेगकाे आवश्यक परे पुनः पहलकदमि लिने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
