
pku
Djs
Srbpu
Sgr
Rgp1
Ggp
Lnp
Gfs
Pes
sbs
cjs
Rgp
Unsku
Pbu

Asm
Rgs
Rgu
Tsm
Wsp
Bbu
Pvg
Vor
Bbbpu
nsb
Gst
Ggd
Hal
Ssm
Rgu
Ksm
Sbs
Rsb
Sls

sab
Mks
Pls
Ptm
Abd
Gsb
Syp
Bml
Rmb
bbt
Jmb
Jmb
Rpp
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले अाफु खुसी राहत सामाग्री वितरण नगर्न सवैमा अाग्रह गरेको छ । दाङ जिल्लामा विभिन्न संघसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जो कोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न पाउने व्यवस्था गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिएका छन्।
आफूखुसी राहत सङ्कलन तथा वितरण गर्ने वा गराउनेलाई सङ्क्रमक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने छ, उनले भने, कोरोना भाइरस (कोभिड—१९) नियन्त्रण अभियानका लागि भनेर जिल्ला प्रशासन कार्यालयको स्वीकृति बिना नै राहत सङ्कलन कार्य भैरहेको भन्ने जन गुनासो आएपछि आफूखुसी राहत सङ्कलनमा रोक लगाइएको छ। यसका विरुद्ध गएमा कारवाही हुनेछ।
जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना प्रकाशित गरी जिल्लामा विभिन्न व्यक्ति, फर्म, सङ्घसंस्था तथा नागरिक समाज लगायतले सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थालाई बेवास्ता गर्दै नगद, जिन्सी, खाद्यान्न लगायतका सामग्री सङ्कलन गर्ने प्रयास गरेको तथा राहत वितरणमा सक्रिय भएकाले अहिलेलाई यस खालको कार्य नगर्न/नगराउन आग्रह गरेको छ। यदि कसैले आफ्नै तर्फबाट राहत वितरण गर्न चाहेमा स्थानीय आवश्यकता र औचित्य पुष्ट्याइँ सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न सकिने व्यवस्था मिलाइएको प्रकाशित सूचना उल्लेख गरिएको छ। ।
