Sidha Patra आइतबार, बैशाख १२, २०७८

बाँके । नेपालगन्जको जमुनाह सिमानामा दिनप्रतिदिन नक्कली पत्रकारको असुलीधन्दा मौलाएको छ । कोरोना संक्रमण बढेसँगै जमुनाह नाकामा प्रेस पास देखाएर तस्करी,दलाली गर्ने मात्रै नभई भारतबाट आउने नागरिकको सामानमाथि खानतलासी गर्ने,भन्सार र प्रहरीको काम गर्ने र असुली धन्दा गर्ने गरेको भेटिएको छ ।

अनलाइन पत्रकार संघ बाँकेले यसअघि पनि अनलाइन पासको दुरूपयोग गरेर नाकामा असुली गरिरहेको र भारतको रूपैडिहाबाट अबैद्य बसतु ल्याउने गरेको अबस्थामा एक जना नक्कली पत्रकारलाई पक्राउ गरी कानूनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको थियो ।

अनलाइन पत्रकार संघको नियमित निगरानीमा केही दिनअघि पत्रकारका नाममा आतङ्क मच्चाइएको खबर पनि सार्वजनिक भएको थियो । यसैक्रममा शनिबार दिउँसो पनि सुर्खेतबाट चलेको ‘ज्वालाअपडेट डट कम’ नामक अनलाइनको प्रेस पास बोकेका अब्दुल मज्दिज अन्सारी नाम गैर पत्रकार पक्राउ परेका छन् ।

त्यस्तै उनले उक्त प्रेस पासको दुरूपयोग गरेर जमुनाहमा सशस्त्र देखि जनपथ प्रहरी हुँदै भन्सार कर्मचारी र आम नागरिकबाट रकम असुली गर्दै आएको भेटिएको छ । उनलाई असुलीका क्रममा पक्राउ गरिएपछि इलाका प्रहरी जमुनाहको निगरानीमा राखिएको र कारवाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।

उनले उक्त अनलाइनको नककली पास बनाएर जमुनाहमा असुलीधन्दा मच्चाउदै आएको खुलेको छ । यस अनलाइनका प्रकाशक नरेन्द्र हमालका अनुसार उक्त व्यक्ति आफनो अनलाइनको कर्मचारी नभएको र त्यो कार्ड नै नक्कली भएको बताएका छन् ।

यस्तै जमुनाहमा गैर पत्रकारको बिगबिगी छ तर बाँके पत्रकार महासंघ लगायतका जिम्मेवार निकायहरू यसको छानबीन अनुसन्धान तथा गैरपत्रकारको खोजी र अबैद्य धन्दा रोकथाममा उदासीन देखिएको छ । साभार इ सेतोखरीबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]