
Sdc
Ksbus
Ggp
Ksbus
Msbus
Lnp
Asbus
Ggp
Rgp


दाङ । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सुचना जारी गदै कोरोना सावधानी अपनाउन भनेको छ । कार्यालयले बुधवार एक सार्वजनिक सुचना जारी गदै कोरोना माहामारीको संक्रमण बढ्दै गइरहेको भन्दै सचेत रहन सवैमा अपिल गरेको छ ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी चिरणजिवी रानाले जारी गरेको सुचनामा घोराही र तुलसीपुर क्षेत्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द गर्न भनिएको छ । यो अवधीमा बैकल्पिक शिक्षण सिकाई मार्फत पठनपाठन गराउन भनिएको छ ।
यस्तै गरी मानिसहरुको भिडभाड हुने सिनेमाहल, पाटी प्यालेस, बार,डान्स, मेला ,महोत्सव, हाट बजार, लगाएतका भिडभाड स्थल बैशाख सम्म बन्द गर्ने, सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु नराख्ने, गाडीमा यात्रा गर्दा अनिवार्य मास्क प्रयोग गर्ने, लगाएतका सुरक्षाका मापदण्ड पालना गर्ने , सरकारी तथा गैर सरकारी कार्यालयमा सेनिटाईजर र मास्क प्रयोग गर्ने लगाएतका विषयमा पालना गर्न अपिल गरिएको छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङघन गर्ने जो सुकैलाई पनि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने जारी सुचनामा उल्लेख रहेको छ ।
