
Ggp
Djs
Pbu
Pes
Srbpu
Rgp1
pku
Unsku
cjs
Rgp
Gfs
Sgr
sbs
Lnp

Bbbpu
Gst
Ksm
nsb
Ggd
Sls
Asm
Rgu
Vor
Sbs
Rgu
Ssm
Bbu
Wsp
Hal
Tsm
Rgs
Pvg
Rsb

sab
Syp
Gsb
Bml
bbt
Ptm
Rpp
Jmb
Jmb
Pls
Rmb
Mks
Abd
रुपन्देहीको भैरहवामा पनि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको छ । यहा आइतबार साँझदेखि कोरोना भाईरसको परीक्षण थालिएको हो। आजै एउटा परीक्षण गरिएको छ । जसको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार देखि नियमित परीक्षण सुरु हुने भएको छ ।शुक्रबारदेखि नै परीक्षण हुने भनिए पनि प्रवाधिक कारणले गर्दा ढिलो भएको थियो । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली भवनलाई मर्मत सम्हार गरेर प्रदेशस्तरीय प्रयोगशालामा कोरोना परीक्षण सुरु गरेको हो। कोरोनाका लागि मात्र नभएर अन्य सबै खालका इन्फ्लुएञ्जा भाइरसको परीक्षण गर्न मिल्ने गरी सञ्चालनमा ल्याइएको भवनमा पिसिआर मेशिनसँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए ।सोमबार बाँके क्षेत्रका अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा संकलित स्वाब परीक्षणका लागि आउने छ । उक्त प्रयोगशालामा यन्त्रले परीक्षणको रिपोर्ट एक जनाको १ घण्टामा दिने छ । सोमबार आउने नमूनाको रिपोर्ट दिने काम सोही दिन नै निस्कने डा गिरीले जानकारी दिए । मु्ख्यमन्त्री शंकर पोखरेलले जनस्वास्थ्य ल्याबको आजै निरीक्षण गरेर आइतबार साँझ वा सोमबारदेखि परीक्षण हुने जानकारी गराएका थिए ।
