
Sgr
Unsku
Rgp
Ses
Gfs
Pes
Srbpu
cjs
Rgp1
Djs
Ggp
Pbu
Lnp
pku

Pvg
Sls
Tsm
nsb
Ksm
Hal
Ssm
Rgu
Bbu
Rgs
Gst
Rgu
Vor
Bbbpu
Rsb
Asm
Ggd
Wsp
Sbs

sab
Gsb
Ptm
Jmb
Rmb
Jmb
Bml
Syp
Mks
Abd
Rpp
Pls
bbt
काठमाण्डाै । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साेमवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ ।
त्यस्तै उहाँका अनुसार कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यका, पोखरा, विराटनगर,भरतपुर,नेपालगञ्ज लगायत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बालबालिका उच्च जोखिममा परेपछि आजको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस्तै,बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने पनि निर्णय गरेको छ । त्यसैगरी, रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको हो ।
त्यसैगरी रातिको समयमा डान्सबार, दोहोरी साँझ लगायतलाई बन्द गर्ने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए । यस्तै, बैठकले मन्दिरमा नित्यपूजा बाहेक अन्य पूजा र भीडभाड रोक्ने पनि निर्णय गरेको छ । यस्तै रङ्गशालामा खेल खेलाउन दिए पनि दर्शकलाई भने रोक्ने निर्णय भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनु भयो ।
