
Usb
Rgp
Jns
Asb
Ggp
ksb
Rgp
Sgp
lnp
Lks
Ggp
Dus
Lnp
Rgp
Rgp

lms

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले १३ ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४९६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको जानकारी गराएको छ ।
