
Pes
Ggp
Gfs
Lnp
pku
Pbu
Sgr
Djs
Rgp
Unsku
Srbpu
Ses
Rgp1
cjs

Gst
Bbu
Sls
Pvg
Rgs
nsb
Hal
Wsp
Rgu
Rgu
Ssm
Bbbpu
Ksm
Vor
Ggd
Tsm
Asm
Rsb
Sbs

Pls
Ptm
Rmb
bbt
Jmb
Mks
Abd
Jmb
Rpp
Gsb
Bml
Syp
sab
काठमाडौँ । सरकारले हालै सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको हो ।
त्यस्तै मन्त्रालयले योग्यता,दक्षता र क्षमताका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले ‘राइट पर्सन इन राइट प्लेस’को नीतिका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जानकारी दिए ।
यस्तै मन्त्रालयका अनुसार सरुवा तथा पदस्थापन भएकाहरूमा हालै सहसचिवमा बढुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरीप्रसाद अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ । यसैगरी अतिरिक्त समूहमा रहेका थानप्रसाद पंज्ञेनी, अच्युतप्रसाद सिवाकोटी, उमाकान्त आचार्य, ईश्वरीप्रसाद अर्याल, बाबुराम सुवेदी, विश्वप्रसाद अर्याल र महेश भट्टराईलाई अर्थ मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ ।
यसैगरी गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा र गृहकै रमेशकुमार केसीको आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश, पोखरामा सरुवा भएको छ । अर्थ मन्त्रालयका झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी सरुवा गरिएको छ ।
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका गोपाल प्रसाद रेग्मीलाई कलैया उपमहानगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतमा, आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश पोखराकी चन्द्रकला पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, बुटवलका नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका विष्णुप्रसाद शर्मालाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै मधेसी आयोगका धमेन्द्र मिश्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका टेकराज निरौला, वन तथा वातावरण मन्त्रालयका नवराज ढुंगाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका भरतमणि पाण्डेको गृह मन्त्रालयमा सरुवा गरिएको छ । हालै मात्रै सहसचिवमा बढुवा भई सामान्यको अतिरिक्त समूहमा रहेका होमप्रसाद लुइँटेल, विश्वप्रकाश अर्याल, शिवराम गेलाल, राजेन्द्रदेव पाण्डे, सुनिल खनाल, कमलराज ढकाल, नवराज सापकोटा, रामप्रकाश पाण्डे, सुशील वैद्य, कृष्णप्रसाद पन्थ र जनार्दन गौतमको पनि गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव अनिता निरौलालाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पुष्पराज शाहीको धनगढी उपमहानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा,आर्थिक मामिला तथा योजना मन्त्रालयका, कर्णाली प्रदेशका हिरालाल रेग्मीलाई नेपालगन्ज उपमहानगर पालिकामा सरुवा गरिएको छ ।
यसैगरी राष्ट्रिय पुनर्निर्माणअन्तर्गतका गोपालप्रसाद अर्यालको प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेशमा, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका जयकुमार घिमिरेको प्रदेश नीति तथा योजना आयोग, प्रदेश १ मा, गृह मन्त्रालय वा अन्तर्गतका केशवप्रसाद बिमलीको प्रदेश नीति तथा योजना आयोग, प्रदेश २ मा सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
त्यस्तै अर्थ मन्त्रालयका बद्रीराज अर्याललाई वन तथा वातावरण मन्त्रालयमा अतिरिक्त समूहमा रहेका गोविन्दप्रसाद सुवेदीलाई प्रदेश नीति तथा योजना आयोग, लुम्बिनीमा,नेपालगन्ज उपमहानगर पालिकाका ओमबहादुर खड्कालाई प्रदेश प्रमुखको कार्यालय, सुदूरपश्चिममा, गृह मन्त्रालयका शंकरहरि आचार्यलाई प्रदेश लोकसेवा आयोग, लुम्बिनीमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका टेकबहादुर केसी र नरेशराज खरेललाई क्रमशः प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश र प्रदेश लोकसेवा आयोग प्रदेश २ मा सरुवा गरिएको छ ।
यसैगरी,सामान्यको अतिरिक्त समूहमा रहेका शिवहरि कोइरालालाई प्रदेश लोकसेवा आयोगमा, सुदूरपश्चिममा, राजेन्द्र पराजुली र मदन दाहाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, शिवप्रसाद रेग्मीलाई बुटवल उपमहानगरपालिकामा र भोजराज खतिवडालाई भरतपुर महानगरपालिकामा सरुवा गरिएको छ ।
त्यस्तै प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेशका लोकनाथ पौडेललाई मधेसी आयोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगका कृष्णप्रसाद पराजुलीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कुमारप्रसाद दाहाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा, सामान्यको अतिरिक्त समूहमा रहेका भरतकुमार शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा, अर्थ मन्त्रालय वा अन्तर्गतका विष्णुप्रसाद ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश २ वा अन्तर्गतमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका यज्ञराज कोइरालालाई प्रदेश लोकसेवा आयोगमा, प्रदेश १ वा अन्तर्गत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रदीप कोइरालालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाग्मती प्रदेशमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका किरण थापालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा र राष्ट्रिय महिला आयोगका शान्ता भट्टराईलाई राष्ट्रिय प्रहरी किताबखानामा सरुवा गरिएको छ ।
यसैगरी,रामप्रसाद बिडारीलाई राष्ट्रिय दलित आयोगमा,भगवान् अर्याललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा,मनोजकुमार आचार्यलाई राष्ट्रिय महिला आयोगमा भागिरथ पाण्डेलाई राष्ट्रिय सूचना आयोगमा, गणेश अर्याललाई ललितपुर महानगरपालिकामा, रमेश मैनाली र रुद्रप्रसाद लामिछानेलाई लोकसेवा आयोग वा अन्तर्गत सरुवा गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
