
mbd
Gisld
Mbdvs
Pbu
Gmk
Ksm
Rbs
Sds
Anm

Rsb
Bbu
Gst
Rgu
Ssm
Sbs
Wsp
Hal
Bbbpu
Tsm
nsb
Rgu
Sls
Ggd
Asm
Pvg
Rgs
Vor
Ksm

Jmb
Gsb
Mks
Jmb
Syp
Rpp
Abd
Ptm
bbt
Pls
Bml
Rmb
sab
दाङ । गढवा-८ कोइलाबासकी पिंकी गुप्ताले निवेदन लेख्ने र बैठकका निणर्यहरु कसरी लेखिन्छ भन्ने पत्तै नभएको बताइन् ।
यस्तै वडा कार्यालयमा आउँदा निवेदन लेखाउने मान्छे खोज्नु पर्दथ्यो तर अब गाउँपालिकाले निवेदन लेख्न सक्ने बनाउन थालेको छ अझै एक दिन यस्तै तालिम लिन पाएपछि सजिलै निवेदन लेख्न सकिनेमलाई आँट आएको छ-गुप्ताले भनिन् ।
त्यस्तै गुप्ताले जस्तै बस्ति स्तरबाट योजनाहरु कसरी छान्ने र ति योजनाहरुको प्राथमिकिकरण कसरी गर्ने यो तालिमले धेरै सिकाई भएको छ । गढवा ८ कोइलाबासकी कविता शर्माले भनिन् । छानिएका योजनाहरुमा उपभोक्ता तथा अनुगमन समिति कसरी बनाउने र कसरी बैठकका निणर्यहरु लेख्ने यस्ता प्रकृयाहरु अहिले सम्म कसैले सिकाएको थिएन । यो सिकाई अभ्यासले महिलाहरुको पक्षमा योजना बनाउने र बैठक बसी निणर्य लेख्ने तथा उपभोक्ता समितिमा बसेर काम गर्न सक्ने आधार दिएको कोइलाबासकै मिना थापाको भनाई छ ।
यसैगरी उनीहरु जस्तै गढवा गाउँपालिको महिला तथा वालवालकिा शाखाले सोमवार गढवाको कोइलाबासमा आयोजना गरेको महिलाहरुको क्षमता अभिबृद्धिका लागी अभिमुखिकरण तथा लेखन कार्यशालामा सहभागि भएका अधिकांश महिलाहरुले जाँगर लगाएर कार्यशालामा सहभागी भएको पाइएको हो । कुनैपनि सरकारी गैरसरकारी कार्यालयमा जाँदा निवेदन कसरी लेख्ने, न्यायिक समितिमा जाँदा कसरी निवेदन लेख्ने र योजनाहरुका निणर्यहरु कसरी लेख्ने भन्ने बिषयमा गढवा गाउँपालिकाले ८ वटै वडाका महिलाहरुलाई क्षमता अभिबृद्धि गराउन थालेको हो ।
त्यस्तै कार्यक्रम अन्तर्गत गढवाको वडा नं. ६, ७, १, २, ४ र ५ मा महिलाहरुको क्षमता अभिबृद्धि तथा लेखन कार्यशाला सम्पन्न भइसकेको शाखाका कर्मचारी सुरेश पौडेलले जानकारी दिए । गढवा गाउँपालिका वडा नं. ८ र वडा नं. ३ मा सोमवार देखि यो कार्यक्रम सुरु भएको गाउँपालिकाले जनाएको छ । वडा नं. ३ मा वडा अध्यक्ष तुलसीराम अधिकारी र वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीले सोमवार आ-आफ्ना वडाको कार्यक्रमको उद्घाटन गरेका हुन् ।
यस्तै कार्यक्रममा महिलाहरुको हकहित र अधिकार प्राप्तिका लागि बिद्यमान कानूनी ब्यवस्थाका बारेमा पनि जानकारी गराइएको शाखाले जनाएको छ । कार्यक्रमको प्रशिक्षकमा गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका सचिव कमल गौतम, प्रशिक्षक पुष्प अधिकारी र शाखाका कर्मचारी सुरेश पौडेलले प्रशिक्षण दिएका थिए ।
