
Gfs
Ses
Djs
Srbpu
Sgr
Unsku
pku
Rgp
cjs
Pbu
Rgp1
Pes
Ggp
Lnp

Wsp
Ggd
Bbbpu
Rsb
Hal
Bbu
Pvg
Tsm
Vor
Rgu
Gst
nsb
Rgs
Ssm
Asm
Sbs
Sls
Rgu
Ksm

Jmb
Jmb
Abd
Bml
Syp
Mks
sab
Gsb
Rpp
Pls
Ptm
bbt
Rmb
कर्णाली । कर्णाली प्रदेशमा रहेका मुक्त हलियाहरुको अवस्था र पुनःस्थापनाको सवाललाई लिएर संविधानसभा सदस्य,हलिया एंव दलित आन्दोलनका अगुवा,पूर्व सासद हरि श्रीपाईलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीको ध्यानाकर्षण गराएका छन् ।
यसैगरी सोमबार कर्णाली प्रदेशको सुर्खेत पुगी पूर्वसासद श्रीपाईली नेतृत्वको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाही,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी,सामाजिक विकास मन्त्री दल रावल,कानुन मन्त्री नरेश भण्डारीसंग छुट्टाछुट्टै भेटबार्ता गरी मुक्त हलियाहरुको अवस्था दयनिय रहेको बताउदै, उनीहरुको न्यायोचित सम्मानजनक पुनःस्थापना हुनुपर्नेमा जोड दिएका छन् । हलिया आन्दोलनका अगुवा एंव पूर्वसासद श्रीपाईलीले ,मुक्त हलिया सम्बन्धि छुट्टै ऐन ल्याउनु पर्ने,छुट हलियाहरुको पुन तथ्यांक संकलन,आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाहरुलाई विशेष प्राथमिकता दिई याेजना निर्माण र कार्यान्वयन हुनुपर्ने,मुक्त हलियाको शिक्षा,स्वास्थ,रोजगारी र जिविकोपार्जनका लागि विशेष नीति तथा कार्यक्रम आउनुपर्नेमा समेत ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै भेटबार्तामा मुख्यमन्त्री शाहीले मुक्त हलियाको पुनःस्थापनाको सवालमा आफु गम्भीर रहेको र हलिया सम्बन्धि छुट्टै ऐन ल्याई विशेष नीति तथा कार्यक्रम मार्फत मुक्त हलियाहरुको पुनःस्थापन गरिने बताउनुभयो । साथै मुख्यमन्त्री शाहीले नेपालमा दलित एवं हलिया मुक्ति आन्दोलनमा पूर्व सासद श्रीपाईलीले खेलेको भूमिका र योगदानको चर्चा गर्दे हलिया अगुवा एंव संबिधानसभा सदस्य श्रीपाईलीको उच्च प्रशंसा समेत गर्नुभएको थियोे ।
यस्तै संविधानसभा सदस्य एंव हलिया आन्दोलनका अगुवा हरि श्रीपाईली नेतृत्वको टोलीमा राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनार,महासचिव पर्वत सुनार,सुर्खेत जिल्ला अध्यक्ष यमवहादुर मल्ल लगायतको सहभागीता रहेको थियो । सोमबार नै पूर्व सासद श्रीपाईली नेतृत्वको टोलीले बिरेन्द्रनगर स्थित विभिन्न मुक्त हलियाहरुको बस्तीमा पुगी उनिहरुको अवस्थाको बारेमा जानकारी लिनुको साथै मुक्त हलियासंग छलफल समेत गरेका थिए ।
