
Ksbus
Asbus
Msbus
Ggp
Ggp
Rgp
Lnp
Ksbus
Sdc

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
जसको प्रभावले हाल कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ ।कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा मधेस प्रदेश लगायत बागमती,गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै,आज राति देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
