Sidha Patra बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार आज राति ११ः०५ बजे सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म १५७ वटा शव फेला परेका हुन् ।

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा ६४ जना रहेका छन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उद्धार र खोज कार्यका लागि ३ हजार ३१८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । यद्यपि, बाढीका कारण हालसम्म २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना, सीमा प्रहरी चौकी रसुवागढीका ९ जनामध्ये १ जना र प्रहरी चौकी स्याफ्रुबेँसीका ८ जनामध्ये ५ जना मात्र हालसम्म सम्पर्कमा आएका छन् । त्यसैगरी अस्थायी प्रहरी पोस्ट मैलुङका ८ जनामध्ये ३ जना, प्रहरी चौकी बेत्रावतीका १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ जनामध्ये ५ जना कर्मचारी मात्र सम्पर्कमा आएका छन् भने बाँकी २८ जनाको खोजी जारी छ ।

त्यस्तै,बाढी र पहिरोमा परी घाइते भएका ४१ जनाको हाल विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना,ट्रमा सेन्टरमा ४ जना,वीर अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । यस्तै,नर्भिक अस्पतालमा ३ जना,वीरेन्द्र सैनिक अस्पतालमा १ जना र ग्रीन सिटी अस्पतालमा १ जना घाइते समेत उपचाररत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]