Sidha Patra बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ । ​देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ जना पुगेको छ । गत पुसदेखि हालसम्मको अद्यावधिक विवरण अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ पुगेको हो । यस अवधिमा डेंगु सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको स्थिति प्रतिवेदन अनुसार देशका ७४ जिल्लामा डेंगुको प्रकोप फैलिसकेको छ । ​प्रादेशिक संरचना अनुसार सबैभन्दा बढी डेंगुका बिरामी गण्डकी प्रदेशमा भेटिएका छन् । गण्डकी प्रदेशमा कूल १,०१० जना सङ्क्रमित दर्ता भएका छन् भने कोशी प्रदेशमा ६७४ जना र लुम्बिनी प्रदेशमा ४३५ जना सङ्क्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशमा ४२७ जना, सुदूरपश्चिम प्रदेशमा १२२ जना तथा मधेस र कर्णाली प्रदेशमा ८८/८८ जना डेंगु बिरामी पुष्टि भएका छन् । जिल्लागत आधारमा हेर्दा बागलुङमा सबैभन्दा बढी ४७० जना सङ्क्रमित भेटिएका छन् भने झापामा २०८, सुनसरीमा २०५, कास्कीमा १७८ र पाल्पामा १२६ जना बिरामी परेका छन् ।

त्यस्तै,​डेंगुको जोखिम तीव्र रूपमा बढेपछि स्वास्थ्य विभागले लामखुट्टेको टोकाइबाट बच्न र व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउन सर्वसाधारणमा अपिल गरेको छ । घर, कार्यालय र सार्वजनिक स्थल वरपर पानी जम्न नदिन, खाडलहरू पुर्न र पानी राख्ने भाँडाहरु सधैँ ढाकेर राख्न आग्रह गरिएको छ ।साथै, लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउन, राति तथा दिउँसो झुलभित्र सुत्न र शरीरका खुला भागमा लामखुट्टे भगाउने मलम प्रयोग गर्न महाशाखाले सुझाव दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]