
Ggp
Ksbus
Asbus
Msbus
Ggp
Ksbus
Lnp
Rgp
Sdc


दाङ । “जनताको हस्ताक्षर अभियान” अन्तर्गत राजासहितको प्रजातन्त्र र वैदिक सनातन हिन्दू अधिराज्यको पक्षमा हस्ताक्षर अभियान जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख सहर तथा मुख्य चोकहरूमा सञ्चालन भइरहेको छ ।
घोराही,तुलसीपुर,लमही,गढवा,भालुवाङ लगायत जिल्लाका प्रमुख बजार तथा चोकहरुमा हस्ताक्षर संकलन केन्द्र स्थापना गरी अभियान अघि बढाइएको हो । अभियानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहपूर्ण सहभागिता देखिएको आयोजकहरूले बताएका छन् ।
अभियानका क्रममा सहभागी नागरिकहरुले हस्ताक्षरमार्फत आफ्नो समर्थन तथा धारणा व्यक्त गरिरहेका छन् । स्थानीय तहका प्रमुख बजार क्षेत्रमा अभियान विस्तार हुँदै गएसँगै नागरिकको सहभागिता पनि बढ्दै गएको आयोजकहरुको भनाइ छ । जिल्लाका सबै स्थानीय तहमा अभियानलाई क्रमशःविस्तार गर्दै बृहत् जनसहभागिताका साथ हस्ताक्षर संकलन गर्ने तयारी भइरहेको आयोजकले जनाइएको छ ।
त्यस्तै,अभियानमा सहभागीहरुले राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति तथा राष्ट्रिय स्वाभिमानका विषयमा जनताको आवाजलाई संगठित रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । “जनताको हस्ताक्षर,जनताको आवाज—राष्ट्रका लागि जनताको हस्ताक्षर निरन्तर चलाइने आयोजकले जनाएको छ ।”
