
Rgp
Ggp
Ksbus
Ggp
Asbus
Ksbus
Msbus
Sdc
Lnp


दाङ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लमही शाखाले आफ्नो नवौं वार्षिकोत्सब कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
गढवा गाउँपालिका वडा नम्बर५,मनिकापुर स्थित दुर्गा निम्न माध्यम विद्यालयका प्रधानाध्यापक स्वामी दयाल यादवको अध्यक्षता तथा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लमही शाखाका स्टार एजेन्सी म्यानेजर खिम बहादुर बुढाको प्रमुख आतिथ्यता एवम् साउन महिनाको च्यानपेन अफद मन्थ, एजेन्सी म्यानेजर पुनम योगिको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बुढाले हरेक बिमितको आर्थिक अवस्था बुझेर मात्र बिमा गरि दिनुपर्ने बताएका छन् । छोटो समयमा देउखुरी क्षेत्रबाट कम्पनीको स्टार एजेन्सी म्यानेजर बन्न सफल भएका बुढाले आफू इन्स्योरेन्स कम्पनीमा लाग्दा कुनै ज्ञान नभएको तर बिस्तारै बिमा बारे बुझ्दै काम गर्दै जाँदा आज ठुलो सफलता हासिल गर्न सफल भएको बताए । कम्पनीको नियम अनुसार मलाई ३१ लाखको प्रिमेमको तार्गेट दिएको थियो । त्यो मैले मेरो टिमको साथ सहयोगले छोटो समयमा स्टार एजेन्सी म्यानेजरको स्थान पाउन सफल भएको बुढाले बताए ।
त्यस्तै,उनले कम्पनीका एजेन्सीहरुलाई बिमितको अवस्था बुझेर बिमा बनाइदिनुपर्ने सुझाए । बुढाले भने कसैले मासिक एक लाख कमाउछ भने उसको ५० लाखसम्मको बिमा बनाउदा कुनै अन्याय नहुने तर घरगुजारा चलाउन गाह्रो भएकाहरुको अवस्था बुझेर मात्र बिमा बनाउन प्रोत्साहन गर्नुपर्छ । यस्तै उनले बिमा कम्पनीमा काम गर्न जाने नाम,दाम र इज्जत दुबैरहेको हुँदा अभिकर्ता र बिमित बीचमा सहकार्य गरेर लाग्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा समाजसेवी प्रबल रसाइलीले मानिसको भविस्य सुरक्षित बनाउन बिमा अनिवार्य बनाउनुपर्ने बताएका थिए । उनका अनुसार बिमाले दुख-सुख दुबै समयमा काम लाग्ने बताए ।
अहिले नेपालमा १४ वटा बिमा कम्पनीहरु संचालनमा रहेकोे छ । तर आइएमई लाइफ इन्स्योरेन्स कम्पनी देशभरमा पाचौं स्थानमा रहेको लमही शाखा प्रमुख खडग सेन वलीले जानकारी दिए । उनका अनुसार कम्पनी २०६५ सालमा दर्ता भएको भएपनि २०७४ सालदेखि आफ्नो सेवा विस्तार गरेको हो ।
कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर मधुसूदन पाण्डे,सिधा-पत्र टिभीका कार्यक्रम प्रमुख मानव राना,समाजसेवी प्रमोद भट्टराई,एजेन्सी म्यानेजरहरु सुशीला पोख्रेल र मिना रावत लगायतको उपस्थिति रहेको थियो ।

