
Ksbus
Lnp
Rgp
Ggp
Ksbus
Sdc
Ggp
Asbus
Msbus


कैलाली । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन् । नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार आज बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम रहेको भट्टले जानकारी दिए ।
त्यस्तै,यसअघि,संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।
