
Rgp
Msbus
Ggp
Lnp
Sdc
Asbus
Ksbus
Ksbus
Ggp


काठमाडौँ । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको बताइएको छ । सो जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरे।
त्यस्तै,साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
