
Amb
Sdc
ksbus


कपिलवस्तु । विजयनगर गाउँपालिका वडा नम्बर ४ जगदिशपुरबाट एक थान पेस्तोलसहित ३ जनालाई प्रहरीले गएराति प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै,पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका-५ का २३ वर्षीय आषिश पाण्डे, सोही स्थानका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
निजहरुले कृष्णनगर नगरपालिका-८ बहादुरगञ्जमा पेस्तोल देखाई डर, धम्की दिई हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले पेस्तोलसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरुले प्रयोग गरेको लु६१प ७०७२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।रासस
