
ksbus
Sdc
Amb


दाङ । गोरखा ग्रुप दाङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवल जि.एमले खोजी र पुनर्जागरण भाषा,संस्कृति र परम्परालाई आधुनिक विज्ञानसँग जोड्नु पर्ने बताएका छन् ।
आदिवासी दिवसको अवसरमा उनले आफ्नो फेसबुक वालमा शुभकामना दिँदै लेखेका छन् ,खोजी र पुनर्जागरण (भाषा, संस्कृति,परम्परा ) हामीले केवल ‘संरक्षण’ मात्र होइन,बरु हाम्रा भाषा,संस्कृतिमा ‘एम्बोडिड (शरीर-अनुभूत) ज्ञान र सीप’ को पुनःखोजी गर्नुपर्छ । जसरी पुर्खाहरुले जडीबुटी चिन्ने,मौसम भविष्यवाणी गर्ने र दिगो खेती गर्ने सीपलाई शरीरमै बोकेका थिए—त्यो सीपलाई आधुनिक विज्ञानसँग जोड्नुपर्छ,जि.एमले लेखेका छन् ।
त्यस्तै,उनले दोस्रो लाइनमा लेख्छन् ,अस्तित्वको लडाइँ जल,जमिन र जंगलको अधिकारको दाबी गर्नु नै यस दिवसको मूल नारा हो । किनभने जबसम्म आदिवासीको सामूहिक स्वामित्व हनन हुन्छ,परम्परागत पहिचान माटोसँगै मासिन्छ ।
आज,भाषा, संस्कृति,पोशाक र ज्ञानको हिसाबले पश्चिमी आधुनिकतावादले देशलाई अलग–अलग टुक्राहरूमा विखण्डित बनाइदिएको छ ।
आउनुहोस्,खानपान/रमाइलोको टेबलबाट उठेर संविधानले दिएको धारा ५९ (आदिवासी अधिकार) देखि आईएलओ कन्भेन्सन १६९ सम्मको अध्ययन गरौं । आफ्ना बालबच्चालाई ‘नाच’ मात्र होइन, ‘क्रान्तिको कथा’ सुनाऔं । सीईओ जि.एमले पोष्ट गरेका तस्बिरहरु

