
Pbu
Rbs
Gisld
Sds
Mbdvs
mbd

Rgu
Bbbpu
Sbs
Ggd
Gst
Vor
Bbu
Rgs
Rgu
nsb
Ksm
Sls
Pvg
Rsb
Tsm
Wsp
Asm
Ssm
Hal

sab
Pls
Ptm
Gsb
Rmb
Bml
Syp
Jmb
Rpp
bbt
Mks
Jmb
Abd
काठमाडौं । हेलिकोप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकासको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकोप्टर ग्राउण्डेड बनेका छन् । मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार हेलिकोप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोहीकारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सकिने जहाजहरुले मात्र धुलाम्य आकाशका बीच उडान गर्न सकेका छन् ।
हेलिकोप्टरको उडान–अवतरण भने प्रभावित बनेको छ । ‘कोरोनाले यसै थलिएका कम्पनी चार दिनदेखि ठप्प छन्,’ उहाँले भन्नू भयो ।‘प्रकृति र मौसमको बाटो हेर्दै बसेका छौं ।’ अहिले आकस्मिक अवस्थामा पनि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर उड्न सक्दैनन् । यस्तो अवस्थामा नेपाली सेनाको हेलिकोप्टर उडाउने गरिन्छ । हेलिकोप्टरका लागि भने नागरिक उड्डयन सम्बन्धी नियम लाग्दैन । सोहीकारण आपतकालिन अवस्थामा भने सेनाले कम भिजिविलिटीमा समेत हेलिकोप्टर उडाउने गर्छ ।
आरोहण सिजनमा आशा
हेलिकोप्टरका लागि मुख्य विजनेश दिने वर्ग पर्यटक हुन् । पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकको संख्या जति बढी भयो, हेलिकोप्टरको विजनेश पनि उत्तिकै हुने गर्छ । तर, पर्यटक नआएपछि सन् २०२० को वसन्त ऋतुयता नै हेलिकोप्टरले विजनेश पाएका छैनन् । यसरी विजनेश गुमाएको ठ्याक्कै एक वर्ष पुगेको छ । जारी आरोहण सिजनमा पर्यटक आउने र केही मात्रामा भएपनि विजनेश पाउने आशामा व्यवसायी छन् । अहिले वायुसेवा सञ्चालक संघले हवाई व्यवसायमा एक वर्षको अवधिमा भएको क्षतिको विवरण संकलन गरिरहेको छ ।
कम्पनीहरुको आर्थिक अवस्था विश्लेषण गर्दै प्राधिकरण
यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुको आर्थिक अवस्था विश्लेषण गर्ने भएको छ । सो प्रयोजनका लागि प्राधिकरणले हेलिकोप्टर कम्पनीहरुबाट उनीहरुको अहिलेको अवस्था के छ भन्ने सम्बन्धी विवरण माग गरिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनु भयो । हामी आगामी बजेट, नीति तथा कार्यक्रमको तयारीमा छौं,उहाँले भन्नु भयो । सोही प्रयोजनका लागि सबै कम्पनीहरुबाट उनीहरुको आर्थिक अवस्था के छ भन्नेबारे विवरण माग गरेका छौं ।’ यसले आगामी बजेटमा एयरलाइन्स क्षेत्रलाई कसरी सम्बन्धी गर्ने भन्नेबारे धारणा बनाउन सहज हुने प्राधिकरणको भनाइ छ ।
त्यस्तै हेलिकोप्टर सोसाइटी अफ नेपालका अनुसार लकडाउन खुलेर परिस्थिति सामान्य भएको अवस्थामा पनि कतिपय हेलिकोप्टर कम्पनीले सेवा नै शुरु गर्न सकेका छैनन् । सेवा शुरु गरेका हेलिकोप्टर कम्पनीले समेत एक÷एक वटा मात्र हेलिकोप्टरबाट सेवा थालेका छन् । तुवाँलो भन्दा अगाडि समेत दुई दर्जन हेलिकोप्टर विमानस्थलमा थन्किएर बसेका थिए ।
मासिक करोडौं घाटा
सोसाइटीको तथ्यांक अनुसार नेपालमा व्यस्त मौसममा एउटा हेलिकोप्टरले औसतः मासिक १ सय घण्टासम्म उडान गर्ने गरेको थियो । हेलिकोप्टरले प्रतिघण्टा औसतः १७ सय डलरमा उडान गरिरहेका थिए । अहिले उडिरहेका हेलिकोप्टरको मासिक उडान समय साविकको तुलनामा आधा समेत पुग्दैन । यता, भाडा औसतः ९ सय देखि १ हजार डलर प्रतिघण्टामा झरेको छ ।
अर्थातः हरेक उडानमा औसतः ७ सय डलरसम्म घाटा बेहोर्नु परेको व्यवसायीहरुको भनाइ छ । यसमा थन्किएर बसेका हेलिकोप्टरको कमाई जोडिएको छैन । यसबाट मासिक करोडौं रुपैयाँ घाटा भइरहेको छ । एउटा मात्र हेलिकोप्टर हुने कम्पनीले आफ्नो संचालन खर्च धान्न मासिक औसतः ५० घण्टासम्म उड्नुपर्ने सोसाइटीको अनुमान छ । त्यसभन्दा माथि उडान भएमा मात्र त्यो कम्पनीको नाफा हो ।
