
Rbs
Mbdvs
Pbu
Gisld
mbd
Sds

Asm
Pvg
Hal
Rsb
Bbu
Gst
Vor
Tsm
Rgu
Bbbpu
Ggd
Wsp
Rgs
Rgu
Ssm
nsb
Sbs
Sls
Ksm

Jmb
sab
Rpp
Bml
Rmb
bbt
Jmb
Pls
Mks
Syp
Abd
Gsb
Ptm
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र,हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।
यस्तै शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराउनु भएको छ ।
त्यस्तै बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गर्नु भएको थियो । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताउनु भएको हो । त्यस्तै अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुने भएका छन् ।
