Sidha Patra आइतबार, साउन १७, २०८३

दाङ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र सुन्दर घोराही निर्माण गर्ने उद्देश्यका साथ घोराही बनाउँ अभियान र पहल थिएटर दाङले शनिबार घोराही उपमहानगरपालिका वडा नम्बर १३ तुरन्तपुरस्थित विपश्यना ध्यान केन्द्र परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् ।

एक महिने वृक्षारोपण अभियान अन्तर्गत आयोजित कार्यक्रममा जडीबुटी,फलफूल तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । यस्तै,अभियानका अनुसार एक महिनाभित्र घोराहीका विभिन्न सार्वजनिक स्थानहरुमा एक हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।

पहल थिएटर दाङका अध्यक्ष केएल बुढाथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उप-प्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम,दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका सचिव विकास ओली,मानव अधिकारकर्मी विनोद केसी,पत्रकार कमल ओली, बालकुमार शाह लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको बारेमा जानकारी दिँदै पहल थिएटरका संयोजक केएल बुढाथोकीले सामाजिक उत्तरदायित्व बहन गर्दै पर्यावरणलाई संरक्षण गर्ने उद्देश्यले आफूहरुले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिए l

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख हुमा डिसीले वातावरण संरक्षण अहिलेको सबैभन्दा ठूलो सामाजिक दायित्व भएको बताइन्। उनले वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा सबैले ध्यान दिनुपर्ने उल्लेख गरिन् । सामुदायिक सहभागिताबाट सञ्चालन हुने यस्ता अभियानले नगरलाई हराभरा,स्वच्छ र वातावरणमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै स्थानीय सरकार यस्ता सकारात्मक अभियानसँग सहकार्य गर्न सदैव तयार रहेको बताइन् ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतमले वातावरण संरक्षणका विषयमा समाजमा जनचेतना फैलाउन नागरिकस्तरका अभियान प्रभावकारी हुने बताए । उनले विकाससँगै वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण अपरिहार्य रहेको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदायको सक्रियता आवश्यक रहेको धारणा राखे ।

दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका सचिव विकास ओलीले हरित वातावरणले पर्यटन, स्वास्थ्य र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताए । निजी क्षेत्र र सामाजिक संस्थाबीचको सहकार्यबाट यस्ता अभियानलाई निरन्तरता दिन सके दिगो विकासका लक्ष्य हासिल गर्न सहज हुने उनको भनाइ थियो ।

मानवअधिकारकर्मी विनोद केसीले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै वातावरण संरक्षणका अभियानलाई सामाजिक उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए ।

त्यस्तै,पत्रकार कमल ओलीले यस्ता सकारात्मक अभियानलाई सञ्चारमाध्यममार्फत व्यापक रूपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए भने बालकुमार शाहले नागरिक सहभागिताले मात्र हरित समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरे।

कार्यक्रमको औचित्य र उद्देश्यबारे प्रकाश पार्दै घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले घोराहीलाई सफा,हराभरा र वातावरणमैत्री सहर बनाउने अभियानअन्तर्गत वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले एक महिनाभित्र विभिन्न स्थानमा एक हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गर्दै बिरुवा रोप्नु मात्र नभई त्यसको संरक्षण, स्याहार–सम्भार र हुर्काउने जिम्मेवारी पनि सबैको साझा दायित्व भएको बताए ।

त्यस्तै,उनले विद्यालय,सार्वजनिक स्थल,धार्मिक क्षेत्र तथा खुला स्थानमा वृक्षारोपण अभियानलाई निरन्तर विस्तार गरिने जानकारी दिँदै वातावरण संरक्षणमा सबै नागरिक, सामाजिक संस्था तथा स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागीहरूले वृक्षारोपणसँगै बिरुवाको संरक्षण गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार आगामी दिनमा पनि घोराहीका विभिन्न स्थानमा वृक्षारोपण अभियानलाई निरन्तरता दिइने जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]