Sidha Patra शनिबार, साउन १६, २०८३

काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो ।

त्यस्तै,निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म १४.२ किलो ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन् । गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ ।

उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन् । ‘ग्यासको अभाव होइन, मागअनुसारको ग्यास आपूर्ति भइरहेको छ, सात दशमलव एक किलो ग्यास भएको सिलिण्डरबाट १४ दशमलव दुई किलोमा ‘स्वीच’ हुँदा तत्काल समस्या देखिएको हो,’ प्रवक्ता ठाकुरले भने, ‘बढीमा एक सातामा ग्यासको बिक्रीवितरण सहज हुनेछ ।’ निगमले माग अनुसारको ग्यास आयत भइरहेको दाबी गरे पनि उपभोक्ताले सहजै ग्यास पाउन नसकेको गुनासा गरेका छन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको छ । अधिकांश बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई फर्काइरहेका छन् । काठमाडौंको बालाजु क्षेत्रमा बसोबास नवराज पोखरेलले केहीदिनदेखि सहज रूपमा ग्यास नपाएको गुनासो गरे।

त्यस्तै,‘ग्यास पसलमा जाँदा उद्योगबाट ग्यास नआएको भनेकाले नाम टिपाएर आएको छु । एक–दुई दिनमा ग्यास आएपछि पसलेले पठाउँछु भनेका छन्,’ उनले भने । एलपी ग्यासको आयात तथा बिक्रीवितरण नियमित भइरहेको जनाउँदै निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

यस्तै,उपभोक्ताबाट बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आइरहेकातर्फ उद्योगीको ध्यानाकर्षण गराउँदै निगमले ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई निर्देशन दिएको छ ।
निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन तथा खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी ग्यासको बिक्री व्यवस्थित बनाउन बिक्रेतालाई अनुरोध गरेको छ । दैनिक रूपमा मागअनुसार ग्यासको आपूर्ति भइरहेको स्पष्ट पार्दै निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]