तुलबहादुर कवँर मगर मंगलबार, साउन १२, २०८३

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना, कार्यक्रम र सेवा प्रवाहको वार्षिक समीक्षा गरेको छ ।

मंगलबार गाउँपालिकामा सम्पन्न कार्यक्रममा आर्थिक वर्षभरको बजेट कार्यान्वयन, विकास निर्माण, सेवा प्रवाह तथा शाखागत उपलब्धिबारे समीक्षा गरिएको थियो । समीक्षाका क्रममा गाउँपालिकाले स्वीकृत कुल ६६ करोड ३५ लाख ८५ हजार ९ सय ४२ रुपैयाँ बजेटमध्ये ५८ करोड ६८ लाख ७९ हजार ५ सय ८५ रुपैयाँ अर्थात् ८८ दशमलव ७१ प्रतिशत रकम प्राप्त गरेको जनाएको छ । प्राप्त रकममध्ये ५१ करोड ८५ लाख २८ हजार ६ सय ५२ रुपैयाँ अर्थात् ७८ दशमलव १४ प्रतिशत खर्च भएको जानकारी दिइयो ।

त्यस्तै,चालुतर्फ ५० करोड ३५ लाख ६९ हजार ३ सय ४२ रुपैयाँमध्ये ३९ करोड ५४ लाख ४८ हजार ३ सय ६२ रुपैयाँ तथा पुँजीगततर्फ १६ करोड १६ हजार ६ सय रुपैयाँमध्ये १२ करोड ३० लाख ८० हजार २ सय ८९ रुपैयाँ खर्च भएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लक्ष्यअनुसार शतप्रतिशत बजेट खर्च हुन नसकेपनि समग्रमा कार्यसम्पादन सन्तोषजनक रहेको बताए । सीमित स्रोत–साधन,जनशक्ति र विभिन्न चुनौतीका बाबजुद गाउँपालिकाले विकास निर्माण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उनको भनाइ थियो । उनले आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै योजनाको गुणस्तर, समयमै सम्पन्न हुने अवस्था र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जेन्जी आन्दोलन,निर्वाचनसम्बन्धी गतिविधि तथा अन्तर्राष्ट्रिय द्वन्द्वका कारण सिर्जित परिस्थितिले लक्ष्यअनुसार बजेट खर्च गर्न केही कठिनाइ भएको बताए । ती चुनौतीका बाबजुद पनि कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाको समन्वयबाट साे प्रगति हासिल भएको उनकाे भनाइ थियो ।

त्यस्तै,उनले आगामी आर्थिक वर्षमा योजना कार्यान्वयनलाई सुरुदेखि नै व्यवस्थित गरी लक्ष्यअनुसार बजेट खर्च गर्ने, वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने गरी काम गरिने बताए । कार्यक्रममा वडा कार्यालय तथा विषयगत शाखाले आर्थिक वर्षभर सञ्चालन गरेका योजना,कार्यक्रम र उपलब्धिको समीक्षा प्रस्तुत गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]