Sidha Patra शनिबार, चैत्र १४, २०७७

दाङ । नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको कार्यालय स्थायी राजधानी देउखुरीमा स्थापना हुने भएको छ । महासंघको शुक्रबार लमहीमा बसेको प्रदेशस्तरीय बैठकले बुटवलमा रहेको अस्थायी कार्यालय स्थायी राजधानी लमहीमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । बैठकले लमहीमै आफ्नो स्थायी कार्यालय भबन बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले आगामी जेठ २१ गते कोहलपुरमा महासंघको लुम्बिनी प्रदेशको साधारण सभा तथा अधिबेशन गर्ने निर्णय पनि गरेको प्रदेश सदस्य दिपककुमार श्रेष्ठले जानकारी दिनु भयो । स्थायी राजधानी दाङ तोकेपछि निर्माण ब्यबसायी महासंघको प्रदेशस्तरीय बैठक पहिलो पटक लमहीमा बसेको हो । बैठकमा महासंघका प्रदेश अध्यक्ष बलिभद्र रानाले प्रदेश सकारले सबै बिकास निर्माणका कार्यालयहरु एकपछि अर्कौ गर्दै स्थापना गरिसकेकाले प्रदेश कार्यालय देउखुरीमा स्थानान्तरण गरिएको बताउनु भयो ।

त्यस्तै उहाँले अब कार्यालयका लागि जग्गा खोजी गरि भबन बनाउने कार्य अगाडी बढाउने जानकारी दिनु भएको छ । यसअघि नै बिकास प्राधिकरणको कार्यालय देउखुरीमा आइसकेको छ । प्रदेश अध्यक्ष बलिभद्र रानाको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने निर्माण ब्यबसायी,पदाधीकारी, सदस्यहरुको सहभागिता रहेको बैठकमा सहभागी महासंघका प्रदेस सदस्य बिमलमान श्रेष्ठले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]