दशरथ घिमिरे सोमबार, साउन ११, २०८३

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा दंगाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तुलसीपुरस्थित नेकपा एमाले पार्टी कार्यालयमा पुगेर मुख्यमन्त्री आचार्यले बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले बस्नेतले दाङको कम्युनिस्ट आन्दोलनलाई स्थापित र सुदृढ बनाउन पुर्‍याउनुभएको योगदान अविस्मरणीय रहेको बताउँदै उहाँप्रति उच्च सम्मान व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले बस्नेत निष्ठा, त्याग र समर्पणका प्रतीक नेता भएको उल्लेख गर्दै उनको निधनले दाङको सामाजिक, सांस्कृतिक तथा राजनीतिक आन्दोलनसँगै नेकपा एमालेले अनुभवी अभिभावक गुमाएको बताए ।

लामो समयदेखि विभिन्न रोगबाट पीडित बस्नेतको उपचारका क्रममा गएराति निधन भएको हो । उनि दाङको कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्वका रूपमा परिचित थिए । पार्टी संगठन निर्माण, विस्तार तथा नयाँ पुस्तालाई कम्युनिस्ट आन्दोलनमा आबद्ध गराउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरिएको छ ।

श्रद्धाञ्जली कार्यक्रमपछि बस्नेतको पार्थिव शरीरलाई शीतलपुर घाट लगेर अन्त्येष्टि गरिएको थियो । श्रद्धाञ्जली अर्पणमा पार्टीका नेता, कार्यकर्ता,शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]