Sidha Patra बुधबार, आषाढ ३१, २०८३

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापनमा सुधारको माग गर्दै अस्पताल प्रशासनलाई २४ बुँदे ध्यानाकर्षण तथा मागपत्र बुझाएको छ ।

बुधबार अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विष्णु गौतमलाई पार्टीका जिल्ला सचिव वीरेन्द्र सीको नेतृत्वमा पुगेको टोलीले मागपत्र हस्तान्तरण गरेको हो । मागपत्रमा ओपीडी, इमर्जेन्सी, शल्यक्रिया, डायलाइसिस, स्वास्थ्य बीमा, औषधि आपूर्ति, एमआरआई, सिटी स्क्यान, प्रयोगशाला सेवा, जनशक्ति व्यवस्थापन, सुशासन तथा पारदर्शिता लगायतका क्षेत्रमा तत्काल सुधार गर्न माग गरिएको छ ।

माओवादीले बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र बेड सङ्ख्या बढाउनुपर्ने, अस्पतालमै उपलब्ध हुनुपर्ने औषधि तथा स्वास्थ्य सामग्री बाहिरबाट खरिद गर्नुपर्ने बाध्यता हटाउनुपर्ने तथा दलाल र बिचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने माग गरेको छ ।

यस्तै, लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गरी एमबीबीएस, नर्सिङ तथा अन्य स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गर्न पनि मानपत्रमार्फत आग्रह गरिएको छ । मागपत्रमा अस्पताल प्रशासन,चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले पुर्‍याएको योगदानको सम्मान गर्दै अस्पताललाई सेवाग्राहीमैत्री,पारदर्शी, गुणस्तरीय र नमुना सरकारी अस्पतालका रूपमा विकास गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै,उक्त मागपत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार काठमाडौँ, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय (राप्ती उपत्यका, दाङ) तथा लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्षलाई समेत पठाइएको माओवादी रुपन्देहीले जनाएको छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]