
Gesld
Pbu
Dbc
snmbs
Snmbs
Dpm
Sdc
Snmbs
Mbf
Ges
dpm


कालिकोट । कालिकोटमा पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ६, का लालबहादुर साउद र मन्दिर साउन रहेका छन् ।
सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहका अनुसार सोही वडाको भुवारिपाटा भन्ने ठाउँमा रहेको पानी घट्टमा उनीहरू सोमबार पिठो पिस्न गएका थिए ।
त्यस्तै,एक्कासि माथिबाट पहिरो आएर घट्टसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय र मेहलमुडी प्रहरी चौकीको टोली पुगेर उद्धारमा खटिएको पनि सिंहले बताइन् ।रातोपाटी
