
Gfs
pku
Sgr
Ggp
Srbpu
sbs
Rgp1
Unsku
Pes
cjs
Lnp
Rgp
Pbu
Djs

Ksm
Gst
Asm
Vor
Rgs
nsb
Ggd
Pvg
Bbu
Wsp
Rsb
Sls
Sbs
Bbbpu
Tsm
Hal
Rgu
Rgu
Ssm

Abd
Syp
sab
Ptm
Bml
Pls
Jmb
Gsb
Jmb
Mks
bbt
Rmb
Rpp
गुल्मी जिल्लामा बिभिन्न स्थानीय तहमा ३०८ शैयाको आइसुलेनसन वार्ड स्थापना गरिएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको जिल्लाका १२ वटा स्थानीय तह मध्ये ११ स्थानीय तहले आइसुलेसन वार्डको स्थापन भएको हो ।
२ नगर १० गाउँपालिका रहेको गुल्मीमा ११ वटा स्थानीय तहले आइसुलेसन वार्डको स्थापन गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । जिल्लाका स्थानीय तह मध्ये गुल्मीरवार गाउँपालिकाले अझै सम्म आइसुलेसन वार्डको स्थापन नगरेको तथ्याङ्कमा उल्लेख छ । स्थानीयतहहरु मध्ये रुरुक्षेत्र गाउँपालिकामा २५ शैयाको आइसुलेसन वार्डको स्थापन भएको हो । त्यस्तै छत्रकोट गाउँपालिकामा ५ शैया, रेसुङ्ग नगरपालिकामा १६ शैया, सत्यवती ८, कालिगण्डकी गाउँपालिकाको बिभिन्न वडाहरुमा १०६ आइसुलेसन वार्डको स्थापन भएको अधिकृत पाण्डेयले बताए ।चन्द्रकोट गाउँपालिकामा १६ शैया, मुसिकोट नगरपालिकाको बिभिन्न वडाहरुमा ७६ शैया, इस्मा गउँपालिकामा १८ शैया, धुर्कोट गाउँपालिकामा १०शैया, मालिका गाउँपालिकामा २४ शैया र मदाने गाउँपालिकामा ११ शैयाको आइसुलेसन वार्डको स्थापान भएको छ । विश्वब्यापि रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गरी पूर्व तयारीको रुपमा आइसुलेसन कक्षको स्थापना गरीएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतुकुमार शर्माले बताए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरी आइसुलेसन कक्ष स्थापना गरिएको हो । कोरोना संंक्रमणमित बिरामीलाई अस्पतालमा आइसुलेसन कक्ष छुट्याएर छुट्टै उपचार गर्नुपर्ने भएकोले आइसुलेन कक्ष स्थापना गरेको गुल्मी अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डन डक्टर उत्तम पच्याले बताए ।
स्थानीय तहले आबश्यकता हेरिकन आइसुलेसन वार्डको संख्या बढाउदै लैजाने भएका छन् ।
३१ जना क्वारेन्टाइनमा
जिल्लामा बिभिन्न स्थानबाट आएकालाई क्यारेन्टाइनमा राखिएको छ । बैदेसिको रोजगारिका शिलसिलामा बिभिन्न देशबाट आएका ३१ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
जिल्लामा इस्मा गाउँपालिकामा ११ जना मालिका गाउँपालिकामा १० जना धुर्कोट गाउँपालिकामा १० जना गरि ३१ जनालाई बिहिवारबाट क्वारेन्टाइनमा राखिएको हो । कोरोना संक्रमण छ छैन् भन्ने जाँच्नको निम्ति भारत लगायत बिभिन्न देशबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको हो ।
जिल्लाका सबै स्थानीय तहले बाहिरबाट आउने नव आगन्तुको नामावली संकलन गरिरहेका छन् ।
सबै स्थानिय तहमा हेल्प डेक्स
बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता स्वरुप गुल्मीका सबै स्थानिय तहमा हेल्प डेक्स स्थापन गरिएको छ । जिल्लाका २ नगर र १० गाउँपालिकाहरुमा कोरोेना भाइरस भित्रिन नदिन हेल्थ डेक्स संचालन आएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए ।
