Sidha Patra बिहिबार, आषाढ २५, २०८३

काठमाडौं । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रर्दशन भएको छ ।

मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर आन्दोलनत पक्षले प्रधानमन्त्री बालेनको पुतला दहन गर्दै प्रर्दशन गरेका हुन् ।

मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन् । प्रदर्शनकारीहरूले बिजुली–पानीको भुक्तानी गर, सम्मानित अदालतको आदेश पालन गर, मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर, मौलापुरलाई हाकिमविहीन बनाउनेहरू होसियार, मौलापुरमा हाकिम पठाउँ, मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन भन्नेलगायतका नारा लगाएका छन् ।

त्यस्तै,विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइनु उचित नरहेको उनीहरूको आग्रह छ । सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पुरा नगरेपछि मन्त्रालय फिर्ता बोलाए पनि अर्को अधिकृत नपठाएर बजेट प्रिज गर्ने काम भएको उनीहरूको भनाइ छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]