Sidha Patra आइतबार, आषाढ २१, २०८३

काठमाडौँ । कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता प्रकरणमा इन्स्पेक्टर कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङ एपीएफ स्कुलमा लेखा प्रमुखको रूपमा कार्यरत थिइन् । लेखा प्रमुख गुरुङ र उनका साथी लीला लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । उनीहरू शनिबार ठमेलबाट पक्राउ परेका हुन् ।

विद्यालयमा भएको आर्थिक अनियमितताबारे सशस्त्रको हेड्क्वार्टरले छानबिन गरिरहेको थियो । सशस्त्र प्रहरीको पत्रको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेर उनीहरूमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

एपीएफ स्कुलको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर उनले अनियमितता गरेको उजुरी परेको थियो । विगत ४ वर्षदेखि साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको उजुरकर्ताको दाबी छ । अनियमिततामा इन्स्पेक्टर गुरुङ मुख्य भूमिकामा देखिएकी छन् । उनी ६ वर्षदेखि निरन्तर एपीएफ स्कुलको लेखामा कार्यरत छिन् । सशस्त्र प्रहरी हेड्क्वार्टरले ४ आर्थिक वर्षको बैंकिङ्ग कारोबारको विवरण मागेर छानबिन गरेको थियो ।

त्यस्तै,सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदा देखी नै एपीएफ स्कुलको लेखामा कार्यरत गुरुङ इन्स्पेक्टरमा बढुवा भएपछि पनि लगातार ४ वर्षदेखि एकै ठाउँमा कार्यरत छिन् । इन्स्पेक्टर गुरुङले गरेको अनियमिततालाई प्रधान कार्यालयका केही अधिकृतहरूले पनि साथ दिएको आशङ्का गरिएको छ । सो प्रकरणमा कल्याण महाशाखामा कार्यरत लेखापाल (डीएसपी) महेन्द्र हमाल पनि छानबिनको दायरामा छन् । एपीएफ स्कुल कल्याणको बजेटबाट सञ्चालन हुँदै आएको छ ।

विद्यालयमा भएको अनियमितता थाहा भएर पनि डीएसपी महेन्द्र हमाले सङ्गठनलाई जानकारी नदिएर गुपचुप राखेको आरोप छ । २०८२ मंसिरमा पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोप सहित विभिन्न निकायमा उजुरी परेको थियो । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]