शिबु खनाल बुधबार, आषाढ १७, २०८३

बार्दिया । घाँसे मैदान तथा सिमसार क्षेत्रमा आश्रित चरा संरक्षणका लागि विद्यालय स्तरीय सचेतना शिक्षा सुरु गरिएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित जनज्योती सेकेण्डरी बोर्डिङ् स्कुल कक्षा नौमा अध्ययनरत विद्यार्थीहलाई चरा संरक्षणका शिक्षा जानकारी दिइएको वन विज्ञान अध्ययन केन्द्र पोखरामा अध्ययनरत विद्यार्थी सुमित थारुले बताए । घाँसे मैदान र सिमसार क्षेत्रमा मात्र पाइने चरा कम हुँदै जान थालेपछि संरक्षणका लागि विद्यालय तहबाटै जनचेतना जगाउन सुरु गरिएको उनले बताए ।

विश्वमै लोपोन्मुख अवस्थामा रहेको खरमजुर लगायतका एक दर्जन चराको संरक्षण गर्न स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । सुक्खा घाँसे मैदानमा बस्ने खरमजुर विश्व भूगोलबाटै लोप हुँदै जान थालेपछि संरक्षणका लागि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

घाँसे मैदान र सिमसार क्षेत्रमा पाइने खरमुजुर, गिद्ध, कालिज लगायत चरा संरक्षणमा जुटेका अभियन्ता तथा वन विज्ञान अध्ययन केन्द्र पोखरामा अध्ययनरत विद्यार्थी सुमित थारुले घाँसेमैदान र सिमसार क्षेत्रमा पाइने चराको वासस्थानलाई प्राथमिकतामा राखेर स्थानीयलाई चरा संरक्षणका बारेमा बुझाउन जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । खेतबारीमा हाल्ने विषादीले गर्दा चराको प्रजनन क्षमता घट्दै गएको बताइन्छ । किसानले खेतबारीमा हालेको विषादीका कारण मरेका किरा फट्याङग्रा खाएर चराको प्रजनन क्षमता कमजोर हुँदै गएको जानकार बताउँछन् ।

त्यस्तै,घाँसे मैदान घट्दै जाँदा आश्रित चराको वासस्थान संकटमा पर्दै आएको छ । पछिल्ला समय चराको रहनसहन र वासस्थानमा वातावरणीय प्रभाव पर्दा चरा संकटमा परेको हो । गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित जनज्योती सेकेण्डरी बोर्डिङ् स्कुल कक्षा नौ मा अध्ययनरत ५० जना विद्यार्थीहलाई चराहरुको पहिचान र विभिन्न चराहरुको संरक्षण सम्बन्धी सचेतना प्रदान गरिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]