
Gsl
Pbu
Bs1


काठमाडौँ । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै,आज र भोलि मनसुनी गतिविधि बढ्ने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो ।
यस्तै,भारीदेखि धेरै भारी वर्षाको कारण भूक्षय, बाढी,पहिरोको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध
समेत गरेको छ ।
