Sidha Patra बुधबार, चैत्र ११, २०७७

दाङ । गर्मियामलाई मध्यनजर गरेर देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ शिवशक्ति बाख्रा विकास सामुदायिक वन क्षेत्रभित्रमा बसोबास गर्ने वन्यजन्तु र चराचुरुङ्गीको लागि सहज हुने गरि एक किर्तिम पोखरी निर्माण हुने भएको छ । वन जंगलमा वन्यजन्तुले पानी पिउन नपाएर जङ्गल बाहिर निस्किनु पर्छ,सोही बेला ती जंगली जनावरहरु सिकारी र घर पालुवा कुकुरको आक्रमणमा पर्ने भएको हुँदा त्यही समस्यालाई मध्यनजर गरेर हामीले कार्यक्रम अघि बढाउछौ” डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले भन्नु भयो । त्यस्तै पोखरी निर्माणले वनमा बस्ने वन्यजन्तुहरुलाई पानी पिउनका लागि निकै उपयुक्त हुने शिवशक्ति बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनक बुढा मगरले भन्नू भयो ।

तस्तै चैतमास शुरु भएदेखि वन क्षेत्रका खोला नाला सुख्खा छन् । वनमा कुनै पानीको स्रोत छैन, सुख्खा याममा वन्यन्तुलाई एकदमै समस्या हुने गरेपछि वनभित्र पोखरी निर्माण गरेर पानीको व्यवस्थापन गर्ने वन कार्यालयले योजना बनाएको हो । वनमा पोखरी निर्माण गर्नको लागी चार लाख बजेट बिनियोजन गरिएको डिभिजन वन कार्यालय दाङ देउखुरीका सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी दिनु भयो । उहाँका अनुसार लगत्तै स्टिमेट गरेर पोखरी निर्माणको कामलाई अगाडी बढाइने छ । यस्तै वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालका अनुशार उक्त सामुदायिक वनमा हुडार, चितुवा,राते,दुम्सी,भालु,चित्तल,बदेल लगायतका वन्यजन्तुहरुको बसोबास छ । बुधवार डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदी, सुचना अधिकारी प्रेमीलाल प्रसाद साह, सहायक वन अधिकृत राम गोपाल चौधरी, शिवशक्ति बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनक बुढा मगर र पत्रकारको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]