
Gisld
Rbs
mbd
Sds
Mbdvs
Pbu

Asm
Sls
Sbs
Tsm
Gst
Rsb
Ssm
Bbu
Vor
Pvg
Rgu
Hal
nsb
Wsp
Rgs
Ksm
Ggd
Rgu
Bbbpu

Syp
Gsb
Rmb
Pls
Abd
Mks
Jmb
Jmb
bbt
Rpp
Bml
sab
Ptm
दाङ । गर्मियामलाई मध्यनजर गरेर देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ शिवशक्ति बाख्रा विकास सामुदायिक वन क्षेत्रभित्रमा बसोबास गर्ने वन्यजन्तु र चराचुरुङ्गीको लागि सहज हुने गरि एक किर्तिम पोखरी निर्माण हुने भएको छ । वन जंगलमा वन्यजन्तुले पानी पिउन नपाएर जङ्गल बाहिर निस्किनु पर्छ,सोही बेला ती जंगली जनावरहरु सिकारी र घर पालुवा कुकुरको आक्रमणमा पर्ने भएको हुँदा त्यही समस्यालाई मध्यनजर गरेर हामीले कार्यक्रम अघि बढाउछौ” डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले भन्नु भयो । त्यस्तै पोखरी निर्माणले वनमा बस्ने वन्यजन्तुहरुलाई पानी पिउनका लागि निकै उपयुक्त हुने शिवशक्ति बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनक बुढा मगरले भन्नू भयो ।
तस्तै चैतमास शुरु भएदेखि वन क्षेत्रका खोला नाला सुख्खा छन् । वनमा कुनै पानीको स्रोत छैन, सुख्खा याममा वन्यन्तुलाई एकदमै समस्या हुने गरेपछि वनभित्र पोखरी निर्माण गरेर पानीको व्यवस्थापन गर्ने वन कार्यालयले योजना बनाएको हो । वनमा पोखरी निर्माण गर्नको लागी चार लाख बजेट बिनियोजन गरिएको डिभिजन वन कार्यालय दाङ देउखुरीका सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी दिनु भयो । उहाँका अनुसार लगत्तै स्टिमेट गरेर पोखरी निर्माणको कामलाई अगाडी बढाइने छ । यस्तै वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालका अनुशार उक्त सामुदायिक वनमा हुडार, चितुवा,राते,दुम्सी,भालु,चित्तल,बदेल लगायतका वन्यजन्तुहरुको बसोबास छ । बुधवार डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदी, सुचना अधिकारी प्रेमीलाल प्रसाद साह, सहायक वन अधिकृत राम गोपाल चौधरी, शिवशक्ति बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनक बुढा मगर र पत्रकारको टोलीले स्थलगत अनुगमन गरेको थियो ।
